बागमती प्रदेश
खोलामा डुवेर बालिकाको मृत्यु
मकवानपुरको थाहा नगरपालिका–६ बज्रवराहीमा खोलामा डुबेर बालिकाको मृत्यु भएको छ । थाहा नगरपालिका–६ स्थित बाराही खोलामा डुबेर ६ वर्षीया बालिका युनिसा राईको मृत्यु भएको हो । ताप्लेजुङ घर भई बज्रवराहीमा लिफ्टिङ सिँचाइको काम गर्ने बावु विकास राई र आमा बालकुमारीसँग बस्दै आएकी युनिसा खेल्ने क्रममा बाराही खोलामा डुबेकी थिइन् । तत्कालै आमा...
पुरानै लयमा फर्किँदै बागमती सरकार, जेनजी आन्दोलनमा क्षतिग्रस्त मन्त्रालयका भवनहरूको पुनर्निर्माण गरियो
जेनजी आन्दोलनका कारण १ अर्ब रुपैयाँभन्दा बढीको क्षति व्यहोरेको बागमती प्रदेश सरकार पुरानै लयमा फर्किन थालेको छ। आन्दोलनका क्रममा आगजनी तथा तोडफोडबाट क्षतिग्रस्त बनेका प्रदेशका सरकारी संरचनाहरूको पुनर्निर्माण कार्य सम्पन्न भएसँगै सरकार पुरानो लयमा फर्किन थालेको हो। क्षतिग्रस्त भवनहरूको मर्मत तथा पुनर्निर्माण सकिएसँगै सोमबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले एक कार्यक्रमका...
होमस्टेले खाली घरमा पाहुना भरिभराउ
मकवानपुरको भीमफेदी–५, सुपिङमा बसाइँसराइले रित्तिएका घर अहिले आकर्षक होमस्टेमा परिणत भएका छन् । साथै बाँझो जमिनमा अर्गानिक तरकारी उत्पादन गरेर हराभरा बनाइएको छ । केही वर्षअघिसम्म सुपिङ गाउँका अधिकांश घरमा ताला झुन्डिएका थिए । विकास अभाव, बेरोजगारी र अवसरको खोजीमा सुपिङका बासिन्दा हेटौंडा, काठमाडौं बसाइँ सरेका थिए भने केही विदेश पलायन भएका...
छुट्टाछुट्टै दुर्घटनामा मकवानपुरमा २ जनाको मृत्यु
मदन भण्डारी लोकमार्ग अन्तर्गत हेटौँडा–सिन्धुलीमा सडकखण्डमा शुक्रबार दिउँसो भएको छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मृतक मध्ये एकजनाको पहिचान खुल्न सकेको छैन भने अर्का मृतक मकवानपुरको बागमती गाउँपालिका–७ की ४० वर्षीया चिनीमाया रुम्बा रहेकी छिन् । शुक्रबार दिउँसो १२ बजेर ३५ मिनेटको समयमा हेटौँडाबाट पूर्व फुर्केचौरतर्फ जाँदै...
कोइला अभावपछि हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द
हेटौंडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज बिहानदेखि उत्पादन बन्द गरेको छ । करिब एक महिनाअघि मात्र सो उद्योग नियमित सञ्चालन ल्याइएको थियो । उद्योगले ३ हजार मेट्रिकटन कोईला खरिदका बोलपत्र आव्हान गरिसकेको छ ।करिब २ हप्ता भित्र कोइला आईपुग्ने हेटौंडा सिमेन्ट उद्योगको सहायक प्रवन्धक विकास श्रेष्ठले बताए...
हेटौंडाको शवदाह मेसिन सात महिनापछि पुनः संचालन
राप्ती खोलाको किनारमा हेटौंडा उपमहानगरपालिकाले संचालन गरेको शवदाह मेसिन सात महिनापछि पुनः संचालनमा आएको छ । गत भदौ महिनादेखि शवदाह मेसिनको उपकरण बिग्रेकाले भारतबाट सामान ल्याएर जडान गरेपश्चात् सोमबारदेखि संचालनमा आएको हो । शवदाह मेसिनको भित्री भागमा लाग्ने पाता फेरेसँगै संचालनमा आएको हेटौंडा उपमहानगरपालिकाका वातावरण शाखाका प्रमुख हिमप्रसाद पौडेलले बताए । भारतबाट...
हेटौंडा-५ को कार्यालय १२ कोठे भवनबाट संचालन
हेटौंडा उपमहानगरपालिका-५ को वडा कार्यालय नयाँ वर्षको पहिलो दिन वैसाख १ बाट आफ्नो भवनमा सरेको छ । यसअघि भवन अभावमा वडा कार्यालय भाडाको घरमा संचालन हुँदै आएको थियो । राईटोलमा डेढ कठ्ठा जग्गामा निर्माण भएको वडा कार्यालयको नवनिर्मित भवनको उपमहानगरकी मेयर मीनाकुमारी लामाले मंगलबार उद्घाटन गरिन् । बागमती प्रदेश सरकार, हेटौंडा उपमहानगरपालिका...
बागमती प्रदेश सरकार स्वास्थ्य सेवा सुधारमा निरन्तर सक्रिय : स्वास्थ्य मन्त्री थापा
बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले प्रदेश सरकार नागरिकको स्वास्थ्य सुधारका लागि निरन्तर क्रियाशील रहेको बताउनुभएको छ । हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै उहाँले प्रदेशभर स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालयले विभिन्न सुधारात्मक कार्यक्रम अघि बढाइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार वाग्मती प्रदेशका अस्पतालदेखि आयुर्वेद तथा वैकल्पिक चिकित्सालयसम्मको सेवा...
निर्माण थालेको ८ वर्षपछि थाहामा शीत भण्डार संचालनको तयारी
तरकारी उत्पादनमा चर्चित रहेको मकवानपुरको थाहा नगरपालिकामा झण्डै २५ करोड लागतमा निर्माण गरिएको शीत भण्डार (कोल्ड स्टोर) संचालनमा ल्याउने तयारी भइरहेको छ । नगरपालिका कार्यालय शीत भण्डार संचालनका लागि कार्यविधि बनाउन जुटेको छ । थाहा नगरपालिका-३ घर्तीखोलास्थित सार्वजनिक जमिनमा निर्माण गरिएको शीत भण्डारलाई चालु आर्थिक वर्षभित्रै संचालन गर्ने तयारी भइरहेको हो ।...
सुरक्षित आप्रवासन कार्यक्रम सुदृढ गर्न हेटौंडामा प्रदेशस्तरीय समन्वय बैठक
बागमती प्रदेशमा सञ्चालनमा रहेको सुरक्षित आप्रवासन क्ब्ःक्ष् क्रमको प्रभावकारी कार्यान्वयन, समन्वय सुदृढीकरण तथा आगामी रणनीति निर्धारणका लागि प्रदेश कार्यक्रम समन्वय समितिको बैठक सम्पन्न भएको छ। श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेशको आयोजनामा , श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाको अध्यक्षतामा सम्पन्न बैठकले कार्यक्रमको प्रगति समीक्षा गर्दै विभिन्न...










