बागमती प्रदेश
प्रदेश राजधानी र सङ्घीय राजधानी दुई सडकमा सवारी संचालनमा रोक
बागमती प्रदेशको राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौं जोड्ने दुई सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।गए रातिदेखिको अविरल वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा–भैँसे–भीमफेदी–देउराली–सिस्नेरी–काठमाडौँ सडक र कान्ति लोकपथमा सवारी सञ्चालनमा रोक लगाएको हो ।जिल्ला प्रशासन कार्यालयले सोमबार एक सूचना जारी गर्दै...
हेटौंडा अस्पतालमा १६ डायलाइसिस मेसिन थपिए
हेटौंडा अस्पतालले हेमोडायलाइसिस सेवा थप विस्तार गरेको छ । डायलाइसिस सेवाको प्रतिक्षामा रहेका बिरामीले पनि अब उपचार पाउने भएका छन् । हालसम्म प्रतीक्षामा र हेका सबै बिरामीलाई नियमित सेवामा समावेश गरेको छ। हेमोडायलाइसिस सेवाका लागि प्रतीक्षा सूचीमा रहेका सबै बिरामीलाई सेवा दिने गरी थप सेवा विस्तार गरी सञ्चालनमा ल्याइएको हो ।...
बागमती प्रदेशमा बर्ड फ्लू संक्रमण: पाँच जिल्लामा २ लाख ८२ हजार कुखुरा नष्ट
बागमती प्रदेशको पाँच जिल्लामा बर्ड फ्लू संक्रमण फैलिएको छ। देशभर महामारीको रूपमा देखिएको बर्ड फ्लू संक्रमण बागमतीका पाँच जिल्लामा फैलिएको हो। प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका अनुसार काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन र काभ्रेमा बर्ड फ्लू संक्रमण देखिएको छ। यी पाँच जिल्लामा गत चैत ११ देखि हालसम्म २ लाख...
बजेटको आकार घटाउँदै बागमती सरकार
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणका लागि मन्त्रालयहरुलाई बजेटको सिलिङ तोकेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आगामी वर्षका लागि कुल ४९ अर्ब रुपैयाँ बराबरको बजेट सिलिङ (सीमा) निर्धारण गर्दै मन्त्रालयहरूलाई योजना छनोट गर्न पत्राचार गरेको छ । चालु आर्थिक वर्षमा ६७ अर्ब रुपैयाँको बजेट...
प्रविधिमैत्री सेवा, कृषि आधुनिकीकरण र खर्च कटौतीमा केन्द्रित बागमतीको नीति तथा कार्यक्रम
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि पारदर्शी तथा प्रविधिमैत्री सेवा प्रवाह, सार्वजनिक खर्च न्यूनीकरण, कृषि आधुनिकीकरण, सुलभ स्वास्थ्य सेवा र गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। मंगलबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पेश गरेको सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख...
थानकोट-चन्द्रागिरी-चित्लाङ सडक दुई साता बन्द
काठमाडौंलाई मकवानपुर हुँदै हेटौँडासँग जोड्ने महत्वपूर्ण थानकोट–चन्द्रागिरी–चित्लाङ सडक खण्ड दुई साताका लागि पूर्ण रूपमा बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय, काठमाडौंले निर्माण तथा स्तरोन्नति कार्यलाई तीव्र र प्रभावकारी रूपमा सम्पन्न गर्न जेठ १७ गतेदेखि ३० गतेसम्म सडक बन्द गरिने जनाएको हो । सडक डिभिजन कार्यालयले चन्द्रागिरी नगरपालिका र...
हेटौंडा उपमहानरमा एक महिनादेखि प्रमुख प्रशासकीय नहुँदा आर्थिक करोबार ठप्प
हेटौंडा उपमहानगरपालिका कार्यालय एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहिन अवस्थामा छ । प्रशासकीय अधिकृत एक महिनादेखि रिक्त भएपछि उपमहानगरपालिकाका आर्थिक गतिविधिहरु अनिश्चित बनेको छ । सेवा निवृत्त हुनुअघि वैशाख १४ देखि प्रमुख प्रशासकीय अधिकृत भरत गौतम बिदामा बसेपछि उपमहानगर प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको थियो । प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिसँगै आर्थिक...
मातातिर्थ –चखेल –फाखेल सडक २८ वर्षदेखि अधुरै
बागमती प्रदेश राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने सबैभन्दा छोटो दुरीको वैकल्पिक मार्ग ‘फाखेल-चखेल-मातातीर्थ-सतुंगल’ सडक खण्डको ट्रयाक निर्माण सुरु २८ वर्षअघि (२०५५) भएको थियो । १४ किलोमिटर यो सडकको ट्रयाक १२ वर्ष लगाएर २०७६ मा खुलेको थियो । यसपछि सडक स्तरोन्तीको जिम्मा २०७६ सालमा बागमती प्रदेश सरकारले लिएको थियो । ६...
हिमाली पालिका उमाकुण्ड पूर्ण खोपयुक्त घोषित
रामेछापको दुर्गम हिमाली गाउँपालिका उमाकुण्ड पूर्ण खोप सुनिश्चित गाउँपालिका बनेको छ। शनिबार आयोजित विशेष कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगर र जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभुकुमार झाले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गरे । गाउँपालिकाले २०८२ चैत १२ भित्र सबै वडालाई पूर्ण खोप सुनिश्चित गर्ने लक्ष्य लिएको...
बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस
बागमती प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले जेठ १ गते राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख दिपकप्रसाद देवकोटासमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । नेपालको संविधानको धारा १८३ अनुसार प्रदेश प्रमुखले मन्त्रिपरिषद्को सिफारिसमा प्रदेशसभा अधिवेशन...









