राष्ट्रिय
बागमती प्रदेश सभाको अधिवेशन मंगलबार बोलाउन सिफारिस
बागमती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन २४ चैतका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मंगलबार दिउँसो ४ बजे बस्ने गरी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री...
लोकसेवा आयोगको सदस्यमा घिमिरे
हेटौडा। बागमती प्रदेश लोकसेवा आयोगको सदस्यमा पुनम घिमिरेलाई नियुक्त गरिएको छ । आयोगको रिक्त पदमा काठमाडौं-१० नयाँबानेश्वर निवासी घिमिरेलाई बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सोमबार नियुक्त गरेका हुन् । आजै बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठले एक कार्यक्रमका बीच उनलाई प्रदेश प्रमुखको कार्यालयमा शपथ गराएका छन् । शपथ कार्यक्रममा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, स्वास्थ्यमन्त्री किरण...
तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन
हेटौंडा । आइतबार सुनको भाउ तोलामा ४ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत...
बागमती प्रदेशमा मुख्यमन्त्रीसहित ८ मन्त्रालय राख्न र ७०१ दरबन्दी कटौती गर्न प्रस्ताव
हेटौंडा । बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित ८ वटा मन्त्रालय मात्रै कायम गर्न प्रस्ताव गरिएको छ । साथै ७०१ कर्मचारी दरबन्दी कटौती गर्न पनि प्रस्ताव गरिएको छ । प्रदेश प्रशासनिक पुनर्संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समितिले मुख्यमन्त्री कार्यालयसहित ८ वटा मन्त्रालय मात्रै आवश्यक रहेको औंल्याउँदै सरकारलाई सुझावसहितको प्रतिवेदन बुझाएको...
मकवानपुर–१ मा गठबन्धनलाई पराजित गर्ने दीपकबहादुर सिंहको यसपटक धरौटी नै जफत
हेटौंडा । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा सत्ता गठबन्धनलाई हराउँदै मकवानपुर–१ बाट निर्वाचित भएका दीपकबहादुर सिंहको धरौटी जफत भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का सिंहले २०७९ को प्रतिनिधि सभा निर्वाचनमा तात्तकालीन नेकपा (माओवादी), एकीकृत समाजवादीलगायतका दलको गठबन्धनमा साझा उम्मेदवार बनेकी कांग्रेसकी महालक्ष्मी उपाध्यय डीनालाई पराजित गरेका थिए। विजयी...
विद्युतकाे पोलमा बस ठोक्किँदा २२ जना घाइते
मकवानपुरको मनहरी गाउँपालिका– ७, बिजौनास्थित पूर्व–पश्चिम राजमार्गखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । आइतबार बिहान करिब सवा सात बजे वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ख ००५४ नम्बरको बस अनियन्त्रित भई सडक किनारमा रहेको विद्युतकाे पोलमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।...
स्वास्थ्य मन्त्रालयद्वारा धादिङमा गम्भीर अवस्थाका नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार
हेटौंडा । धादिङ जिल्लाको खनियाबास गाउँपालिकास्थित खनियाबास ग्रामीण अस्पतालमा जन्मिएका एक नवजात शिशुको गम्भीर स्वास्थ्य अवस्थाका कारण बुधबार हेलिकप्टरमार्फत आपत्कालीन उद्धार गरिएको छ। जन्मिएलगत्तै श्वासप्रश्वासमा समस्या देखिएपछि बागमती प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयले जनस्वास्थ्य कार्यालय धादिङको समन्वयमा १९ बर्षकि आमा चुनमाया सहित शिशुलाई थप उपचारका लागि काठमाडौँ पठाइएको हो।...
सुपर एटमा पुगेका पाँच टिम, कसको पल्ला भारी ?
काठमाडौं । भारत र श्रीलंकामा जारी टी–२० विश्वकप २०२६ को आधा खेलहरु सम्पन्न भइसकेका छन्। गएराति अष्ट्रेलियालाई हराउँदै आयोजक श्रीलंका सुपर एटमा प्रवेश गर्यो। भारतले पनि यसअघि नै सुपर एटमा स्थान बनाइसकेको छ। यी दुई आयोजकसहित इंग्ल्यान्ड, वेस्ट इन्डिज र दक्षिण अफ्रिकाले पनि सुपर एटको टिकट काटेका छन्। यसैबीच,...
आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ ।मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ । सोही व्यवस्थाअनुसार, आजदेखि यही फागुन १८ गते राति १२...
मकवानपुरमा भएको सवारी दुर्घटनामा एकको मृत्यु, पाँच जना घाइते
हेटौँडा । मकवानपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु र पाँच जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका १९ बस्तीपुरस्थित सडक खण्डमा बाटो क्रस गर्दै गर्दा मोटरसाइकलले ठक्कर दिएर घाइते भएका पैदल यात्री मकवानपुरको मनहरी गाउँपालिका ३ का रघुनाथ पौडेलको उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो...










