राष्ट्रिय
हेटौंडामा १२ करोड लागतमा विधिविज्ञान प्रयोगशाला स्थापना
हेटौंडामा नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित प्रदेश प्रहरी कार्यालय परिसरमा स्थापना गरिएको प्रयोगशाला भदौ २२ देखि सञ्चालनमा आएको हो । छिटो र प्रमाणमुखी अनुसन्धान गर्न स्थापना गरिएको यो विधिविज्ञान प्रयोगशाला मुलुककै चौथो हो । यसअघि काठमाडौं, धरान र नेपालगन्जमा यस्ता प्रयोगशाला स्थापना भइसकेका छन् । करिब १२...
अख्तियार हेटौँडामा एक वर्षमा परे २७७८ उजुरी
अख्तियार अनुसन्धान दुरुपयोग आयोगको कार्यालय हेटौँडामा आर्थिक वर्ष २०८२/८३ मा २७७८ वटा उजुरी परेका छन् । त्यसमध्ये सबैभन्दा धेरै स्थानीय तहसम्बन्धी छन् । अख्तियार कार्याँलय हेटौँडाले बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष सोमबार बुझाएको आव २०८२/०८३ को प्रतिवेदनमा हेटौँडा कार्यालयमा परेको उजुरीहरूमध्ये ४७.३० प्रतिशत उजुरी स्थानीय तहसम्बन्धी छन् । ती उजुरीहरूमध्ये ४७.३० प्रतिशत स्थानीय तहसम्बन्धी छन् ।...
बाढीपछिको पुनर्निर्माणका लागि राहत कोषमा योगदान गर्न मुख्यमन्त्री थापाको आह्वान
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भोटेकोशी बाढीबाट प्रभावित जिल्लाका क्षतिग्रस्त संरचना पुनःनिर्माणका लागि मुख्यमन्त्री राहत कोषमा योगदान गर्न स्थानीय तह र अन्य प्रदेश सरकारलाई आह्वान गरेका छन्। बाढीपहिरोबाट अर्बौँ रुपैयाँबराबरको भौतिक क्षति भएकाले प्रदेश सरकारको सीमित साधनस्रोतबाट मात्रै पुनःनिर्माण गर्न कठिन हुने भएकाले मुख्यमन्त्री थापाले सहयोग मागेका हुन्। ‘भोटेकोशी...
विपद्पछि पुनर्स्थापना, लगानी प्रवर्द्धन र रोजगारी सिर्जनाबारे छलफल
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष अञ्जन श्रेष्ठबीच आइतबार महासंघ सचिवालय टेकुमा भेटवार्ता भएको छ । भेटवार्तामा रसुवा लगायत विभिन्न जिल्लामा बाढीपहिरोबाट भएको क्षति, प्रभावित उद्योग-व्यवसाय पुनर्स्थापना, लगानी वातावरण, रोजगारी सिर्जना तथा प्रदेशको आर्थिक गतिविधि चलायमान बनाउने विषयमा छलफल भएको थियो । छलफलमा...
मातातिर्थ –चखेल –फाखेल सडक २८ वर्षदेखि अधुरै
बागमती प्रदेश राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने सबैभन्दा छोटो दुरीको वैकल्पिक मार्ग ‘फाखेल-चखेल-मातातीर्थ-सतुंगल’ सडक खण्डको ट्रयाक निर्माण सुरु २८ वर्षअघि (२०५५) भएको थियो । १४ किलोमिटर यो सडकको ट्रयाक १२ वर्ष लगाएर २०७६ मा खुलेको थियो । यसपछि सडक स्तरोन्तीको जिम्मा २०७६ सालमा बागमती प्रदेश सरकारले लिएको थियो । ६...
बागमतीमा घट्यो मन्त्रालय, अब ८ कायम
बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले हाल कायम रहेको १४ वटा मन्त्रालयबाट घटाएर ८ वटा कायम गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको विशेष पहलमा सत्तारुढ दल एमालेलाई सहमति गर्न ‘बाध्य’ पार्दै ९ साउनबाट लागु हुनेगरी ६ वटा मन्त्रालय घटाएको...
बागमती प्रदेश सभाको अधिवेशन मंगलबार बोलाउन सिफारिस
बागमती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन २४ चैतका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मंगलबार दिउँसो ४ बजे बस्ने गरी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री...
लोकसेवा आयोगको सदस्यमा घिमिरे
हेटौडा। बागमती प्रदेश लोकसेवा आयोगको सदस्यमा पुनम घिमिरेलाई नियुक्त गरिएको छ । आयोगको रिक्त पदमा काठमाडौं-१० नयाँबानेश्वर निवासी घिमिरेलाई बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सोमबार नियुक्त गरेका हुन् । आजै बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठले एक कार्यक्रमका बीच उनलाई प्रदेश प्रमुखको कार्यालयमा शपथ गराएका छन् । शपथ कार्यक्रममा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, स्वास्थ्यमन्त्री किरण...
तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन
हेटौंडा । आइतबार सुनको भाउ तोलामा ४ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत...
बागमती प्रदेशमा मुख्यमन्त्रीसहित ८ मन्त्रालय राख्न र ७०१ दरबन्दी कटौती गर्न प्रस्ताव
हेटौंडा । बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित ८ वटा मन्त्रालय मात्रै कायम गर्न प्रस्ताव गरिएको छ । साथै ७०१ कर्मचारी दरबन्दी कटौती गर्न पनि प्रस्ताव गरिएको छ । प्रदेश प्रशासनिक पुनर्संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समितिले मुख्यमन्त्री कार्यालयसहित ८ वटा मन्त्रालय मात्रै आवश्यक रहेको औंल्याउँदै सरकारलाई सुझावसहितको प्रतिवेदन बुझाएको...









