बागमती प्रदेश
निर्वाचनका लागि मकवानपुरमा ४ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिने
हेटौंडा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मकवानपुर जिल्लामा करिब ४ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिने भएको छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार निर्वाचन सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी (जनपथ) तथा करिब २ हजार २ सय जना निर्वाचन प्रहरी (म्यादी)...
मकवानपुरमा ५ जनाले पाए अङ्गीकृत नागरिकता
मकवानपुर/ मकवानपुरमा आमा नेपाली र बुबा विदेशी भएका पाँच जनाले अङ्गीकृत नागरिकता प्राप्त गरेका छन्। नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ मन्त्रिपरिषद्बाट स्वीकृत भई राजपत्रमा प्रकाशन भएपछि मकवानपुर जिल्ला प्रशासन कार्यालयबाट बुबा विदेशी भएका पाँच जनाले आमाको नामबाट अङ्गीकृत नागरिकता पाएका हुन्। नागरिकता ऐनमा...
‘एक जिल्ला एक स्वस्थ सहर’ अभियान प्रभावकारी बनाउन वाग्मती स्वास्थ्य मन्त्रालयकाे अभिमुखीकरण
हेटौडा । बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, हेटौंडाको आयोजनामा ‘एक जिल्ला एक स्वस्थ सहर कार्ययोजना निर्माणका लागि अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ। बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रदेश स्वास्थ्य सचिव सुमित्रा गौतमलगायत स्वास्थ्य मन्त्रालयका अधिकारी र सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा...
लोकसेवा आयोगको सदस्यमा घिमिरे
हेटौडा। बागमती प्रदेश लोकसेवा आयोगको सदस्यमा पुनम घिमिरेलाई नियुक्त गरिएको छ । आयोगको रिक्त पदमा काठमाडौं-१० नयाँबानेश्वर निवासी घिमिरेलाई बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सोमबार नियुक्त गरेका हुन् । आजै बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठले एक कार्यक्रमका बीच उनलाई प्रदेश प्रमुखको कार्यालयमा शपथ गराएका छन् । शपथ कार्यक्रममा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, स्वास्थ्यमन्त्री किरण...
सुनको भाउ सामान्य बढ्यो, चाँदी घट्यो
सोमबार सुनको भाउ सामान्य बढ्दा चाँदी घटेको छ । यस दिन सुन प्रतितोला १ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको...
निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविरमा २ सय बढी लाभान्वित
हेटौडा। रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसेका २ सय भन्दा बढी बासिन्दाले निःशुल्क आयुर्वेदिक स्वास्थ्य सेवा पाएका छन् । बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले शनिबार एक दिने निःशुल्क आयुर्वेदिक स्वास्थ्य उपचार शिविर सञ्चालन गरेको हो। गोकुलगंगा गाउँपालिकाको सहजिकरणमा आयोजित उक्त शिविरमा दम, हाडजोर्नी दुखाइ, ग्यास्ट्रिक,...
स्वास्थ्यमन्त्री थापाद्वारा सर्यविनायकमा ३० करोड लागतको सडक योजना शिलान्यास
काठमाडौं, चैत १ । वाग्मती प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा विनियोजित करिब ३० करोड रुपैँया लागतको सडक योजना भक्तपुरमा शिलान्यास गरिएको छ । सूर्यविनायक नगरपालिका–८ र ९ अन्तर्गत पर्ने पलासे–काँक्राबारी–आशापुरी–नैचाल–रानीकोट–ध्याप्डाँडा–तार्केश्वर सडक खण्डको आइतबार शिलान्यास गरिएको हो । उक्त सडक योजनाको शिलान्यास वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले...
डीएसपी सुवास भट्ट बागमती प्रदेश सर्वोत्कृष्ट प्रहरी घोषित
हेटौंडा । प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास भट्ट सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषित भएका छन् । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका कार्यालय प्रमुख समेत रहेका भट्ट बागमती प्रदेशको माघ महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषित भएका हुन् । बाग्मती प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक दिपक रेग्मीले भट्टलाई उत्कृष्ट भएको प्रशंसापत्र प्रदान...
मकवानपुरमा स्कारपियो दुर्घटनाः चार जना घाइते
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरा बेसीस्थित कुलेखानी–फाखेल–काठमाडौं सडकखण्डमा आज बिहान स्कारपियो गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ च ९७७७ नम्बरको स्कारपियो गाडी चालक निदाउँदा अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल झरेर शाखा बाटोमा खसेको थियो । दुर्घटनामा चालकसहित चार...
बागमती प्रदेशभित्र माटो परीक्षणलाई अभियानको रूपमा सञ्चालन गर्ने
हेटौंडा । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले प्रदेशभित्र माटो परीक्षणलाई अभियानको रूपमा सञ्चालन गर्ने घोषणा गरेका छन्। चितवनको भण्डारामा आयोजित मन्त्रालय मातहतका कार्यालयहरुको आर्थिक वर्ष २०८२/०८३ को अर्धवार्षिक प्रगति समीक्षा गोष्ठीको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री पौडेलले किसानहरूले लामो समयदेखि परम्परागत...









