बागमती प्रदेश

‘स्वस्थ नागरिक, समृद्ध प्रदेश’ हाम्रो साझा लक्ष्य : स्वास्थ्य मन्त्री थापा  

विश्व स्वास्थ्य दिवस २०२६ को अवसरमा बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरले सम्पूर्ण नागरिकमा शुभकामना व्यक्त गर्दै मानव, पशुपन्छी र पर्यावरणीय स्वास्थ्यबिचको अन्तरसम्बन्धलाई केन्द्रमा राखेर ‘एक स्वास्थ्य’ अवधारणालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभएको छ। मन्त्री थापाले विश्व स्वास्थ्य दिवसको यस वर्षको मूल सन्देश ‘मानव, पशुपन्छी र पर्यावरणको हित,...

बागमती प्रदेशको बजेट अधिवेशन आजबाट सुरु हुँदै

बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट सुरु हुँदै छ । आइतबारको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले चैत २४ गते मंगलबार दिउँसो ४ बजेका लागि प्रदेशसभा बैठक आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेशसभाको बैठक हेटौंडा–२ स्थित हेटौंडा उपमहानगरपालिकाको सभा हलमा बस्दैछ । जेन(जी आन्दोलनको क्रममा प्रदेशसभाको...

बागमती प्रदेश सभाको अधिवेशन मंगलबार बोलाउन सिफारिस

बागमती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन २४ चैतका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मंगलबार दिउँसो ४ बजे बस्ने गरी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री...

हेटौंडामा सरकारी सेवा घरदैलोमा उपलब्ध गराउन हुलाकसँग छलफल

हेटौंडा । नेपाल सरकारले सार्वजनिक गरेका शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले सेवाग्राहीलाई घरदैलो सेवा उपलब्ध गराउन हुलाक कार्यालयसँग पहिलो चरणको छलफल गरेको छ ।  राज्यले सर्वसाधारणलाई घरदैलो सेवा प्रवाह गर्ने बुँदा नम्बर २७ लाई कार्यान्वयन गराउने उद्देश्यले हुलाक कार्यालयसँग समन्वयात्मक छलफल गरेको हो ।...

पोल गाड्दा हाईटेन्सन लाइन छुँदा एकको मृत्यु, दुई जना घाइते

हेटौंडा । मकवानपुरमा बिजुलीको पोल गाड्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। बिहिवार मकवानपुरगढी गाउँपालिका–२ मोरेस्थित गाउँमा बिजुली विस्तारका लागि ६ जना मिलेर फलामको पोल गाड्ने क्रममा उक्त पोल माथि रहेको हाईटेन्सन लाइनमा छुन पुगेको थियो। सोही क्रममा तीन जनालाई करेन्ट लागेको...

चट्याङ लाग्दा मकवानपुरमा एक जनाको मृत्यु

हेटौंडा । हावाहुरीसहित परेको चट्याङ लाग्दा मकवानपुरमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मकवानपुरको बागमती गाउँपालिका–१ भैँसेस्थित बागमती खोलाको बगरमा मंगलबार साँझ करिब ६:३० बजेको समयमा घटना भएको हो। घटनामा अन्दाजी ३२ वर्षका अजय पहरी र अन्दाजी वर्षका ३७ उज्वल थोकर माछा मारेर घर...

नागरिकता नहुँदा वृद्धभत्ताबाट वञ्चित

हेटौंडा — नागरिकता नहुँदा जिल्लास्थित चेपाङ समुदायका अधिकांश वृद्धवृद्धा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएका छन् । यसरी मर्कामा पर्नेमध्ये कैलाश गाउँपालिका–७, गार्लिङकी फूलमाया चेपाङ पनि हुन् । अहिले उनी ७१ वर्षकी भइन् । सात छोराछोरीकी आमा र २३ नातिनातिनाको हजुरआमा बनिसकेकी उनको अहिलेसम्म नागरिकता छैन ।  नागरिकता बनाउन सिफारिसका लागि दुई पटक कैलाश–७,...

हेटौँडा–१५ मा निःशुल्क खानेपानी, एम्बुलेन्स र रगत सेवा सुरु

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ ले वडावासीका लागि निःशुल्क खानेपानी, एम्बुलेन्स र रगत सेवा सुरु गरेको छ । वडाले नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिने आधारभूत सेवामा राहत दिने उद्देश्यले यस्तो कार्यक्रम कार्यान्वयनमा ल्याएको जनाएको छ । बिहीबार वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष सुनिल मोक्तानले मासिक न्यूनतम १० हजार लिटर...

मकवानपुरमा एसईई दिने विद्यार्थीको संख्या घट्यो

हेटौंडा । मकवानपुरबाट यस वर्ष एसईईमा सहभागी हुने विद्यार्थीको संख्या घटेको छ । गत वर्षको तुलनामा यसपालि २ सय छात्राछात्रा कम सहभागी हुन लागेका हुन् ।  चैत १९ बाट सुरु हुने परीक्षामा नियमित र ग्रेडवृद्धि गरी जिल्लाबाट ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् । गत वर्ष ७ हजार ४...

बागमती प्रदेशमा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न

हेटाैँडा । बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयको आयोजनामा स्वास्थ्य क्षेत्रको प्रभावकारी कार्यान्वयन, उपलब्धि मूल्याङ्कन तथा सुधारका अवसरहरूको पहिचान गर्ने उद्देश्यले आर्थिक वर्ष २०८२/०८३ का स्वास्थ्य कार्यक्रमहरूको प्रदेशस्तरीय अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ। गोष्ठीले हालसम्मका प्रगति, चुनौती तथा सिकाइहरूलाई समेट्दै आगामी आर्थिक वर्षका लागि व्यवहारिक, दिगो र परिणाममुखी...