मकवानपुरमा मतदाता सूचीबाट ३ हजार ४७२ मतदाताको नाम हटाइयो

 प्रदेश निर्वाचन कार्यालय हेटौँडाले मकवानपुरको मतदाता नामावलीबाट तीन हजार ४७२ जनाको नाम हटाएको छ । मृत्यु भएका, दोहोरो नाम दर्ता भएका तथा नेपाली नागरिकता परित्याग गरेका व्यक्तिको नाम मतदाता नामावलीबाट हटाइएको हो । प्रदेश निर्वाचन कार्यालय हेटौँडाका निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार नामावलीबाट हटाइएकामध्ये सबैभन्दा बढी एक हजार ९६४...

हेटौंडामा १२ करोड लागतमा विधिविज्ञान प्रयोगशाला स्थापना

हेटौंडामा नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित प्रदेश प्रहरी कार्यालय परिसरमा स्थापना गरिएको प्रयोगशाला भदौ २२ देखि सञ्चालनमा आएको हो । छिटो र प्रमाणमुखी अनुसन्धान गर्न स्थापना गरिएको यो विधिविज्ञान प्रयोगशाला मुलुककै चौथो हो । यसअघि काठमाडौं, धरान र नेपालगन्जमा यस्ता प्रयोगशाला स्थापना भइसकेका छन् । करिब १२...

अख्तियार हेटौँडामा एक वर्षमा परे २७७८ उजुरी

अख्तियार अनुसन्धान दुरुपयोग आयोगको कार्यालय हेटौँडामा आर्थिक वर्ष २०८२/८३ मा २७७८ वटा उजुरी परेका छन् । त्यसमध्ये सबैभन्दा धेरै स्थानीय तहसम्बन्धी छन् ।  अख्तियार कार्याँलय हेटौँडाले बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष सोमबार बुझाएको आव २०८२/०८३ को प्रतिवेदनमा हेटौँडा कार्यालयमा परेको उजुरीहरूमध्ये ४७.३० प्रतिशत उजुरी स्थानीय तहसम्बन्धी छन् । ती उजुरीहरूमध्ये  ४७.३० प्रतिशत स्थानीय तहसम्बन्धी छन् ।...

हेटौंडामा सवारी चाप बढेपछि रोपवे चौरमा सुमो पार्किङ गरिने

मुख्य बजार क्षेत्रमा टाटा सुमो र ईभीका काउन्टर तथा सवारी साधनका कारण बढेको ट्राफिक चाप व्यवस्थापन गर्न हेटौंडा उपमहानगरपालिका–१ चौकीटोलस्थित रोपवे चौरमा सुमो पार्क सञ्चालन गरिने भएको छ । चाडपर्वलाई लक्षित गरी सोमबारदेखि रोपवे चौरमा सुमो तथा अन्य सवारी साधन व्यवस्थापन गर्ने तयारी गरिएको हो । चौरलाई सवारी पार्किङ गर्न मिल्ने...

बाढीपछिको पुनर्निर्माणका लागि राहत कोषमा योगदान गर्न मुख्यमन्त्री थापाको आह्वान

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भोटेकोशी बाढीबाट प्रभावित जिल्लाका क्षतिग्रस्त संरचना पुनःनिर्माणका लागि मुख्यमन्त्री राहत कोषमा योगदान गर्न स्थानीय तह र अन्य प्रदेश सरकारलाई आह्वान गरेका छन्। बाढीपहिरोबाट अर्बौँ रुपैयाँबराबरको भौतिक क्षति भएकाले प्रदेश सरकारको सीमित साधनस्रोतबाट मात्रै पुनःनिर्माण गर्न कठिन हुने भएकाले मुख्यमन्त्री थापाले सहयोग मागेका हुन्। ‘भोटेकोशी...