बागमती प्रदेश
बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस
बागमती प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले जेठ १ गते राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख दिपकप्रसाद देवकोटासमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । नेपालको संविधानको धारा १८३ अनुसार प्रदेश प्रमुखले मन्त्रिपरिषद्को सिफारिसमा प्रदेशसभा अधिवेशन...
बागमती प्रदेशका मन्त्रालयले अझै पाउन सकेनन् बजेटको सिलिङ
बागमती प्रदेश सरकारका मन्त्रालयहरूले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि सिलिङ पाउन सकेका छैनन् । बजेट तर्जुमाका लागि वार्षिक आयोजना छनोट निर्देशिकाले तय गरेको समय सीमा (डेडलाइन) घर्किसक्दा पनि विषयगत मन्त्रालयहरूले बजेटको सिलिङ नपाएका हुन् । सरकारले जारी गरेको ‘बजेट तर्जुमा निर्देशिका २०८३’ को अनुसूची ७ अनुसार चैत १०...
मकवानपुरमा अवैध कन्सल्टेन्सी बन्द गर्न ३ दिने अल्टिमेटम
मकवानपुरमा संचालनमा रहेको अवैध कन्सल्टेन्सी तथा शैक्षिक संस्थाहरु बन्द गर्न प्रशासनले ३ दिने अल्टिमेटम जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले बिना अनुमति सञ्चालनमा रहेका शैक्षिक परामर्श सेवा, पूर्वतयारी कक्षा तथा भाषा शिक्षण गर्ने संस्थाहरुलाई ३ दिनभित्र बन्द गर्न निर्देशन दिएको हो । प्रशासनले मंगलबार एक सार्वजनिक सूचना जारी...
एसईईमा मकवानपुरका ४ विद्यालयको नतिजा शून्य
माध्यमिक शिक्षा परीक्षा (एसईई)को सोमबार प्रकाशित नतिजामा मकवानपुरका दुई पालिकाका ४ विद्यालयबाट शून्य विद्यार्थी उत्तीर्ण भएका छन् । राक्सिराङ गाउँपालिकाका ३ वटा विद्यालयको नतिजा शून्य आएको छ । राक्सिराङ-४ स्थित कालिका मावि, राक्सिराङ–६ स्थित राष्ट्रिय मावि र राक्सिराङ–८ स्थित मावि देवीटारको नतिजा शून्य आएको हो । यसैगरी भीमफेदी गाउँपालिका-८ पन्चकन्या माविको नतिजा...
बागमतीमा घट्यो मन्त्रालय, अब ८ कायम
बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले हाल कायम रहेको १४ वटा मन्त्रालयबाट घटाएर ८ वटा कायम गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको विशेष पहलमा सत्तारुढ दल एमालेलाई सहमति गर्न ‘बाध्य’ पार्दै ९ साउनबाट लागु हुनेगरी ६ वटा मन्त्रालय घटाएको...
घर र कार्यालयमा छापा मरेपछि मुख्यमन्त्री बानियाँले भने : अनुसन्धानमा पूर्ण सहयोग गर्छु
बागमती प्रदेशका मुख्यमन्त्रीले आफ्नो घर तथा उनी संलग्न पूर्व कम्पनीको कार्यालयमा भएको छापामारीप्रति ध्यानाकर्षण जनाउँदै अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएका छन् । सोमबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हेटौंडा र काठमाडौंस्थित मुख्यमन्त्रीको निवास तथा उनी संलग्न रहेको बानियाँ निर्माण सेवाको कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको थियो । उक्त घटनापछि जारी गरिएको प्रेस विज्ञप्तिमा...
स्वस्थ नागरिक नै समृद्ध समाजको आधार : स्वास्थ्य मन्त्री थापा
बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्य सेवाको पहुँच विस्तारलाई सरकारको प्रमुख प्राथमिकतामा राखिएको बताउनुभएको छ । सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा आज आयोजित स्वास्थ्य चौकी उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले स्थानीय नागरिकहरूको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नु प्रदेश सरकारको प्रमुख दायित्व भएको स्पष्ट गर्नुभयो । उहाँले जनताको सहज पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा...
हेटौंडामा गाडीले च्यापिएर सहचालकको मृत्यु
हेटौंडा उपमहानगरपालिका—११ थानाभर्याङमा गाडीले च्यापिएर सहचालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको हेटौंडा उपमहानगरपालिका–११ थानभर्याङमा ट्रकले च्यापिएर पर्साको पर्सागढी गाउँपालिका–३ का विरुवागुठीका २३ वर्षीय फुलकान्त थारुको मृत्यु भएको हो । थानाभर्याङमा रोकिराखेको ना. ७ ख.७०१८ नम्बरको लहरी ट्रकको अगाडिको भागको सिसा पुछेर सफा गर्न लागिरहेको अवस्थामा चालकले गाडी चलाउँदा...
मातहतका कार्यालयलाई विद्युतीय हाजिरी प्रणाली अद्यावधिक गर्न बागमती प्रदेश सरकारको निर्देशन
बागमती प्रदेश सरकारले मातहतका सबै मन्त्रालय, आयोग, सचिवालय तथा कार्यालयहरूलाई कर्मचारीहरूको हाजिरी विवरण विद्युतीय प्रणालीमार्फत अद्यावधिक गर्न निर्देशन दिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको सूचनामा कर्मचारीहरूको दैनिक उपस्थितिलाई विद्युतीय हाजिरी प्रणालीमा आबद्ध गराई आएको, गएको, काज तथा बिदासम्बन्धी सम्पूर्ण विवरण सोही प्रणालीमार्फत अभिलेख राख्ने व्यवस्था मिलाउन भनिएको...
मुख्यमन्त्री बानियाँको राजनीतिक सल्लाहकारमा दामोदर खनाल
बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रमुख राजनीतिक सल्लाहकार नियुक्तिदेखि नीति स्वीकृति, ऐन संशोधन र प्रशासनिक जिम्मेवारी हेरफेरसहित १४ वटा निर्णय गरेको छ। बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले इन्द्रबहादुर बानियाँका प्रमुख राजनीतिक सल्लाहकारमा मकवानपुरका दामोदर खनाललाई नियुक्त गर्ने निर्णय गरेको छ। खनाल बकैया गाउँपालिकाका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेस मकवानपुर क्षेत्र...








