बागमती प्रदेश

कुलेखानी–कलंकी–हुमाने सडक १९ दिन बन्द हुने

हेटौंडा । हेटौंडा काठमाडौं जोड्ने कुलेखानी–कलंकी–हुमाने सडक खण्ड १९ दिन बन्द हुने भएको छ । सडक स्तरोन्नती कार्यका लागि १९ दिन सवारी आवागमन बन्द गरिएको हो ।  जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार एक सूचना जारी गर्दै सो सडक बन्द गर्ने निर्णय भएको जनाएको हो । सो सडक पूर्वाधार विकास...

मकवानपुर । मदन भण्डारी फाउन्डेसन मकवानपुरको नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण र पहिलो बैठक शुक्रबार सम्पन्न भएको छ । गत बैशाख २० गते शनिबार भएको चौथो साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिलाई सफतग्रहण, प्रमाणपत्र वितरण र पहिलो पुर्ण बैठक सम्पन्न भएको हो । नवनिर्वाचित कार्यसमितिका पदकारी र सदस्यहरुलाई चौथो साधारण सभाका निर्वाचन प्रमुख तथा...

अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गर्दै मकवानपुर बहुमुखी क्याम्पस

हेटौंडा । मकवानपुरको हेटौँडामा रहेको मकवानपुर बहुमुखी क्याम्पसले अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन आयोजना गर्ने भएको छ । यसअघि दुई पटक राष्ट्रिय शैक्षिक सम्मेलन गरिसकेको यस क्याम्पसले शनिबारदेखि अन्तर्राष्ट्रिय स्तरको शैक्षिक सम्मेलन आयोजना गर्ने भएको हो  । शनिबारदेखि सञ्चालन हुने सम्मेलनमा करिब एक सय जनाभन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहने क्याम्पस प्रमुख...

बागमती प्रदेशसभाकाे बजेट अधिवेशन ५ जेठमा आह्वान गर्न सिफारिस

 हेटाैंडा । बागमती प्रदेश सभाकाे साेह्राैं अधिवेशन सरकारले आगामी ५ जेठबाट सञ्चालन गर्ने तयारी भएकाे छ । हेटाैंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज मंगलबार बसेकाे मन्त्रिपरिषद् बैठकले साेह्राैं अर्थात बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए...

हेटौंडा  । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित एक जना महिलालाई नियन्त्रणमा लिएको छ । चितवन जिल्लाको राप्ती नगरपालिका वडा नम्बर–८ खुरखुरे बस्ने वर्ष ३० कि लालमाया तामाङलाई ३० किलो गाँजासहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सोमबार विहान अन्दाजी १०ः०० बजेको समयमा हेटौंडा–१० बसपार्कमा लागूऔषध गाँजा ओसारप्रसार...

बागमती प्रदेशमा ई–ब्लु बुक सेवा, नयाँ लाइसेन्स आवेदन र नवीकरणसमेत अनलाइनबाटै

हेटौंडा । बागमती प्रदेश सरकारले ‘ई–ब्लु बुक’ सेवा र अनलाइन सवारी चालक अनुमतिपत्र प्रणाली ९ईडीएल० सुरु गरेको छ । यससँगै अब बागमती प्रदेशअन्तर्गतका सवारीधनीले सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० र ब्लु–बुक दुवै बोकेर हिँड्नु नपर्ने भएको छ । तिनलाई नागरिक एपबाटै देखाउन मिल्नेछ । ईडीएलबाट नयाँ लाइसेन्सको आवेदन दिनेदेखि नवीकरणलगायत सेवा अनलाइनबाटै लिन सकिने...

बागमतीमा प्रदेश युवा सम्मेलन हुने

हेटौंडा । बागमती प्रदेश युवा परिषदले आगामी वैशाख २८ गतेदेखि ३० गतेसम्म ‘प्रदेश युवा सम्मेलन २०८२’ आयोजना गर्ने भएको छ । गत २०८० सालदेखि निरन्तर आयोजना हुँदैआएको यो सम्मेलन परिषदको तेस्रो शृङ्खला हो ।  प्रदेशभरबाट छनोट गरिएका तीन सय ५० युवा सम्मेलनमा प्रत्यक्ष सहभागी हुने छन् भने लाखौं युवालाई वेबसाइट,...

ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

मकवानपुरको मनहरी गाउँपालिका वडा  नम्बर ८ सिमपानीमा ट्रकको ठक्करबाट एकजना पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका ९ का ७० वर्षीय गंगा बहादुर स्याङतान रहेका छन्।हाल मनहरी गाउँपालिका–८ मा बसोबास गर्दै आएका स्याङ्तानलाई आज । बिहान करिब ५:१५ बजे हेटौडाबाट चितवनतर्फ गइरहेको ना ५ ख ७७१२...

हेटौंडामा महिला राष्ट्रिय गोल्डकप फुटबल हुने

हेटौंडा । मकवानपुरको हेटौंडामा पहिलो पटक मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । मकवानपुर जिल्ला फुटबल संघले नियमित गर्दै आएको स्थानीय तह सहिद स्मृति गोल्डकप अन्तर्गत सातौ चरणमा आईपुग्दा महिला गोल्डकपको आयोजना गर्न लागेको हो । मंगलवार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरि संघले बैशाख १९...

कान्ति लोकपथ दैनिक ६ घण्टा बन्द हुने

हेटौंडा । हेटौंडा–काठमाण्डौं जोड्ने  कान्ति राजमार्ग विस्तार क्रममा दैनिक ६ घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सूचना प्रकाशित गरी कान्ति राजमार्गमा सवारी आवागमन बन्द हुनेबारे जानकारी गराएको हो । मकवानपुर जिल्लाको बकैया गाउँपालिकास्थित ठिगन–बगुवा सडक खण्डमा सडक चौडा बनाउन काम भइरहेको छ । त्यसका लागि...