मकवानपुरमा देवरले गरे भाउजुको हत्या, हतियारसहित पुगे प्रहरी
हेटौंडा । मकवानपुरको थाहा नगरपालिका- १ स्थित कुन्छाल बस्तीमा एक महिलाको विभत्स तरिकाले हत्या गरिएको छ।
बिहीबार दिउँसो बिहीबार दिउँसो सवा २ बजेतिर ५५ वर्षीया तुलुमाया गोपालीको हत्या अन्दाजी ३५ वर्षीय जीवन गोपालीले धारिलो हतियार प्रयोग गरी गरेका हुन् । देवर नाता समेत पर्ने छिमेकमै बस्ने ३५ वर्षीय जीवन गोपालीले धारिलो हतियार प्रहार गरी तुलुमाया (भाउजु)को हत्या गरेका हुन्।
प्रहरीका अनुसार जीवन गोपालीलाई नियन्त्रणमा लिइएको छ भने हाल घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ। हत्या किन गरियो भन्ने विषयमा प्रारम्भिक विवरण आइसकेको छैन । इलाका प्रहरी कार्यालय पालुङले यस घटनालाई गम्भीरता साथ लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ।










