बागमती प्रदेश
मकवानपुरमा भएको सवारी दुर्घटनामा एकको मृत्यु, पाँच जना घाइते
हेटौँडा । मकवानपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु र पाँच जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका १९ बस्तीपुरस्थित सडक खण्डमा बाटो क्रस गर्दै गर्दा मोटरसाइकलले ठक्कर दिएर घाइते भएका पैदल यात्री मकवानपुरको मनहरी गाउँपालिका ३ का रघुनाथ पौडेलको उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो...
अबको शिक्षाले विद्यार्थीको हातमा सीप र मुखमा रोजगारी सुनिश्चित गर्नुपर्छः मन्त्री डा. देवकोटा
हेटौँडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले वर्तमान शिक्षा प्रणालीमा आमूल परिवर्तनको खाँचो रहेको औँल्याउनुभएको छ ।हेटौँडा–१९ स्थित निर्मल माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समापन समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मन्त्री देवकोटाले प्रमाणपत्रका लागि मात्र पढ्ने र पढेर पनि बेरोजगार बस्नुपर्ने शिक्षाको अब कुनै सान्दर्भिकता नरहेको...
एकसय शैया क्षमताको सिन्धुली अस्पतालको उद्घाटन, स्वास्थ्य सेवालाई थप प्रभाकारी बनाउने प्रदेश सरकारको प्रतिबद्धता
सिन्धुली । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले बागमती प्रदेश सरकारले नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ। सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीमा नवनिर्मित एक सय शैया क्षमताको सिन्धुली अस्पतालको उद्घाटन गर्दै मुख्यमन्त्री बानियाले स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारको प्रमुख एजेन्डाका रूपमा अघि बढाइएको स्पष्ट पार्नु भयो। उहाँले नागरिकले...
‘डिजिटल पार्क’ को स्थान अझै तोकिएको छैन: स्वास्थ्य मन्त्रालय
हेटौंडा । केही संचारमाध्यमले बुधबार ‘बागमती प्रदेशमा नीतिगत भ्रष्टाचार, स्वास्थ्यमन्त्री थापाको लगानीको निजी कम्पनीलाई २५ लाख सरकारी अनुदान’ शिर्षकमा प्रकाशित समाचारप्रति बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले बिहिवार एक बिज्ञप्ती जारी गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले २०८२ साउन १२ मा आर्थिक वर्ष २०८२-०८३ का...
ब्राउनसुगरसहित चार जना पक्राउ
हेटौँडा । मकवानपुरको मनहरिस्थित इलाका प्रहरी कार्यालयले मनहरिको रजैया पुलमा ब्राउन सुगर किनबेचमा संलग्न चार जनालाई पक्राउ गरेको छ । घटनास्थल पुगेको टोलीले बा ८९प ६२९३ नम्बरको मोटरसाइकलसहित चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिनुभयो । प्रहरीले बारा, जीतपुरसिमरा-१६ घर भई मकवानपुर, हेटौँडा-१९...
स्वास्थ्य क्षेत्र व्यवस्थित बनाउन तीन तहको समन्वय हुनुपर्छ : स्वास्थ्यमन्त्री थापा
हेटौँडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले सीमित साधन स्रोतका कारण अस्पतालहरू सञ्चालनमा समस्या भइरहेको बताउनुभएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको आयोजनामा हेटौँडामा भएको एक जिल्ला एक स्वास्थ्य सहर, एक स्थानीय तह एक नमुना स्वास्थ्य संस्था कार्यक्रमहरूको प्रदेश स्वास्थ्य सहजकर्ता लगायतकाे पैरवी, समन्वय र अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै...
हेटौंडा बजार क्षेत्रमा राजमार्ग विस्तार प्रक्रिया सुरु
हेटौंडा । हेटौंडा बजार क्षेत्रमा राजमार्ग विस्तार प्रक्रिया अघि बढाइएको छ । मुआब्जा र सडकको दायाँ–बायाँ कति मिटर खाली गर्ने भन्ने विवादका कारण लामो समयदेखि हेटौंडा बजार क्षेत्रमा सडक विस्तार हुन सकेको थिएन । राजमार्गको दायाँ–बायाँ २५–२५ मिटर खाली गराइ सडक विस्तार हुने भएको हो । तोकिएको क्षेत्रभित्र रहेका...
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ कर्रा चोकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएकाे छ । पशुपतिनगरबाट हेटाैँडा बजारतर्फ आउँदै गरेको ना३८प ५८५० नम्बरको मोटरसाइकलले गए राति ठक्कर दिँदा पैदलयात्री पर्साको वीरगञ्ज महानगरपालिका–१६ नागुवा घर भई हेटौँडा उपमहानगरपालिका–१० मा डेरा गरी बस्ने ५५ वर्षीया खुइली डोमको मृत्यु भयो, जिल्ला...
हेटौंडामा २५ मिटर सडक विस्तारका लागि मार्किङ सुरु, अतिक्रमित संरचना आफैँ हटाउन माइकिङ
हेटौंडा । हेटौँडा बजार क्षेत्रको लामो समयदेखि रोकिँदै आएको सडक विस्तार कार्य मंसिर २० गतेबाट सुरु हुने भएको छ । यसका लागि सडक अतिक्रमण गरी निर्माण गरिएका स्थायी तथा अस्थायी संरचना हटाउन सडक डिभिजन कार्यालय हेटौँडाले बिहीबारबाट रेखांकन र रङ लगाउने काम सुरु गरेको छ । कार्यालयले हेटौँडा उपमहानगरपालिका–...
समयमै कार्य सम्पन्न गर्न निर्माण कम्पनीलाई मुख्यमन्त्री बानियाँको निर्देशन
हेटौंडा। मकवानपुरको बकैया गाउँपालिका वडा नं ५ र ६ जोड्ने कर्मचुली जुइना सुकौरा खोला मल्टिसेल बक्स पुल शिलान्यास भएको छ । बुधबार एक कार्यक्रमबीच बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले पुल निर्माणको शिलान्यास गर्नुभयो । बागमती प्रदेश सरकारको ६ करोड ८९ लाख ४९ हजार ७ सय ५४ रुपैयाँ लागतमा १...








