बागमती प्रदेश
स्वास्थ्य सेवामा तीन तहको सहकार्य आवश्यक छ: स्वास्थ्य मन्त्री थापा
हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा निर्माण भएको शंखु अस्पतालको भवन उद्घाटन गर्नुभएको छ । उद्घाटन समारोहमा बोल्दै मन्त्री थापाले अस्पताल निर्माणका लागि जग्गा प्रदान गर्ने दातालाई धन्यवाद ज्ञापन गर्दै स्थानीय जनप्रतिनिधिहरूको मेहनतको प्रशंसा गर्नुभएको छ।उहाँले प्रदेशका अधिकांश पालिकाहरूमा आधारभूत अस्पताल स्थापना भइसकेको जानकारी...
फोहोर प्लास्टिक सङ्कलन गर्न म्याराथन
हे?टौंडा । मकवानपुरको हेटौँडामा फोहोर प्लास्टिक सङ्कलन गर्न म्याराथन प्रतियोगिता आयोजन गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल हेटौँडा–९ नम्बर वडा कमिटीको आयोजनामा शनिबार प्लास्टिक सङ्कलन म्याराथन प्रतियोगिता आयोजना गरिएको हो । सहरी जीवनशैलीको उपजका रुपमा उत्पादित प्लास्टिक व्यवस्थापनमा समस्या भइरहेका बेला वडामा यसको व्यवस्थापनलाई ध्यानमा राखेर प्रतियोगिता आयोजना गरिएको...
हारेको वडामा विकास लैजादै एमाले
हेटौंडा। स्थानीय तह निर्वाचन र उपनिर्वाचनमा समेत आफूले अपेक्षित मत ल्याउन नसके पनि नेकपा एमाले जनताको माझ जनआवश्यकतालाई सम्बोधन गर्न लागि परेको छ । हार जित आफ्नो ठाउँ छ, जनताको समस्याको सम्बोधन पार्टीको कर्तव्य सम्झेर लागि परेको एमाले नेता तथा बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले बताए । हेटौडा उपमहानगरपालिका...
थाहा नगरपालिकामा हावाहुरीले घर र टहरामा क्षति
हेटौंडा । मकवानपुरको थाहा नगरपालिकामा बिहीबार बेलुका आएको हावाहुरीले दर्जनौं घरका छाना र तरकारीका प्लास्टिकका टनेल उडाएको छ । थाहा नगरपालिका–३ र ४ नम्बर वडाका करिब सय घरको जस्तापाताको छाना र करिब ८० वटा टनेल हावाहुरीले उडाएको थाहा नगरपालिकाका सूचना अधिकृत सुरज भुजेलले बताए । ‘यो प्रारम्भिक तथ्यांक मात्र हो,’...
मकवानपुरमा डढेलो नियन्त्रणका लागि स्वयम् सेवक परिचालन
मकवानपुरको धेरै जसो स्थानहरुका सुख्खायाम लागे सगैं डढेलोको घटनाहरु बढ्न लागेको छ । पत्झर मौसम सुरु भए सगै वन जंगलमा सुख्खायाम बढेको हो । त्यस क्रममा मानिसहरु जंगलमा घाँस दाउरा गर्न जादा अर्थवा वनभोज जस्ता कार्य गर्दा चुरोटको झिल्का र बालेको आगो राम्रोसँग ननिभाउदा वन जंगलमा डढेलोको सम्भावना बढ्ने...
अध्यक्ष दाहालको टिप्पणी: संसदलाई वेवास्ता गर्दै अध्यादेश ल्याउनु सरकारको निरङ्कुश कदम
पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारको अलोकतान्त्रिक र निरङ्कुश शैलीको कडा आलोचना गर्नुभएको छ। मंगलबार काठमाडौंमा समाजवादी मोर्चा नेपालले आयोजना गरेको विचार सभालाई सम्बोधन गर्दै उहाँले संसदमा रहेको विधेयक फिर्ता नगरी अध्यादेश ल्याउनु स्वेच्छाचारी कदम भएको टिप्पणी गर्नुभयो। उहाँले सरकार जनताको इच्छा र संसदको मर्यादाविपरीत...





