बागमती प्रदेश
बागमती प्रदेश प्रमुख देवकोटाद्वारा राष्ट्रिय धान दिवसको शुभकामना
हेटौंडा । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले राष्ट्रिय धान दिवस २०८२ को अवसरमा शुभकामना सन्देश प्रकाशन गर्नु हुदैं धान उत्पादन राष्ट्रिय आवश्यकता र दीगो समृद्धिको अनिवार्य शर्त भएको बताउनु भएको छ । नेपाल कृषिप्रधान देश भएकोले धान हाम्रो मुख्य बाली हो । यसै सन्दर्भमा हरेक वर्ष असार १५...
सरकारलाई पत्रकार संगठनहरुको ध्यानाकर्षण
हेटौंडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गरेसँगै पत्रकारहरुको विभिन्न संगठनहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गरी बागमती सरकारको ध्यानाकर्षण गराएका छन् । असार ११ गते जारी संयुक्त विज्ञप्तीमा भनिएको छ, ‘बागमती सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटको सन्दर्भमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ...
चितवन दुर्घटना: बच्चा जन्माउन हिडेकी गर्भवतीसङ्गै श्रीमान र सासुसहित ७ जनाको मृत्यु
हेटौंडा । हेटौँडाकी गर्भवती २७ वर्षीया रेनुका कँडेललाई चिकित्सकले आइतवार बच्चा जन्माउने मिति दिएको थियो। सोही कारण आज सासु मैयाकुमारी र श्रीमान सरोज पहाडीसहित ईभी माइक्रोमा भरतपुर अस्पताल जाँदै थिइन्। उनलाई आफ्नो दोस्रो सन्तान जन्माउने ठूलो धोको थियो। पहिलो सन्तान छोरीलाई ससुराको साथमा छाडेर उनी सासु र श्रीमानका साथ चितवन...
मकवानपुरमा देवरले गरे भाउजुको हत्या, हतियारसहित पुगे प्रहरी
हेटौंडा । मकवानपुरको थाहा नगरपालिका- १ स्थित कुन्छाल बस्तीमा एक महिलाको विभत्स तरिकाले हत्या गरिएको छ। बिहीबार दिउँसो बिहीबार दिउँसो सवा २ बजेतिर ५५ वर्षीया तुलुमाया गोपालीको हत्या अन्दाजी ३५ वर्षीय जीवन गोपालीले धारिलो हतियार प्रयोग गरी गरेका हुन् । देवर नाता समेत पर्ने छिमेकमै बस्ने ३५ वर्षीय जीवन...
मकवानपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु
हेटौंडा । मकवानपुरमा सोमबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । त्रिभुबन राजपथ स्थित मकवानपुरको थाहा नगरपालिका-३ मा भएको दुर्घटनामा अन्य चारजना घाइते भएका छन् ।सोमबार साँझ करिब ७ बजेको समयमा थाहा-३ विद्युत प्राधिकरण स्थित त्रिभुबन राजपथ सडकखण्डमा गोपाली गाँउबाट थानाबजारतर्फ जादै गरेको बा ३ ख ५९९०...
बागमती प्रदेशका स्वास्थ्य मन्त्री थापा द्वारा आयुर्वेद तथा बैकल्पिक चिकित्सालय मकवानपुरको नवनिर्मित भवन निरीक्षण
हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले मकवानपुर जिल्लामा निर्माण सम्पन्न भएको आयुर्वेद तथा बैकल्पिक चिकित्सालयको नवनिर्मित भवनको निरीक्षण गर्नुभएको छ। नवनिर्मित भवनको निरीक्षण भ्रमणको क्रममा मन्त्री थापाले प्रदेश सरकारको प्राथमिकतामा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा प्रवर्द्धन गर्ने बताउनुभयो। उहाँले भन्नुभयो , “नयाँ संरचनाले यस क्षेत्रमा आयुर्वेदिक...
हेटौँडामा पहिलो पटक इ–स्पोर्ट्स हुँदै
हेटौँडा । हेटौँडामा पहिलो पटक इ स्पोर्ट्स हुने भएको छ । हेटौँडाबाट प्रसारण हुँदे आएको नेशनल गोल्ड टेलिभिजनको आयोजनामा बिहीबारदेखि प्रतियोगिता सुरु हुनेछ । आयोजकले बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर एक हजार सहभागी निश्चित भइसकेको जानकारी गराएको छ । इ–स्पोर्ट्स अन्तर्गत फ्रि फायर प्रतियोगिता हुने कार्यक्रम संयोजक उत्सर्ग चौलागाईले...
भीमफेदीमा गाडी दुर्घटना : १४ घाइते, तीन गम्भीर
हेटाैडा। मकवानपुरको भीमफेदी गाउँपालिकामा ब्रेक फेल भइ विङ्गर गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । मङ्गलबार दिउँसो चित्लाङबाट बाराको लालबन्दी आउँदै गरेको प्रदेश २- ०३-००१ ज ०१४७ को गाडी सडकदेखि करिब २० मिटर तल खसेर भीमफेदी गाउँपालिकास्थित त्रिभुवन राजपथ सडक खण्डको छैसठी मोडमा दुर्घटनामा परेको हो । गाडी...
मकवानपुरमा मदन–आश्रित स्मृति दिवस मनाईयो
हेटाैडा। मदन भण्डारी फाउण्डेसन मकवानपुरले शनिबार ३२औं मदन–आश्रित स्मृति दिवस मनाएको छ । एमालेका तत्कालीन महासचिव मदन कुमार भण्डारी भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३२औँ स्मृति दिवसका अवसरमा फाउन्डेसनले हेटौंडा–९, स्थित दिव्य बाल उद्यानमा स्मृति तथा श्रद्धाञ्जलीसभा कार्यक्रमको आयोजना गरेर स्मृति दिवस मनाइएको हो । फाउन्डेसनका अध्यक्ष रघुनाथ...
हेटौंडालाई स्वास्थ्यको हब बनाउने गरि लागेका छौं – एका लाल श्रेष्ठ
हेटौंडा । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको प्रथम नगर अधिवेशन शनिबार हेटौंडामा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि बागमती प्रदेशका पूर्वस्वास्थ्य मन्त्री एवं प्रदेश सभा सदस्य एका लाल श्रेष्ठ रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले हेटौंडालाई बागमती प्रदेशको स्वास्थ्य हबको रुपमा विकास गर्दै लगिएको बताएका छन्। स्वास्थ्य सेवा जनताको आधारभूत...










