बागमती प्रदेश
भिरमा खसेकी किशोरीको प्रहरीद्वारा उद्धार
हेटौँडा । मकवानपुरको भीमफेदी–५ ढुसिनीपुलबाट तल खसेकी किशोरीको प्रहरीले उद्धार गरेको छ । सोमबार राति ८ बजे भीमफेदी, छबेलीकी १४ वर्षीया रंजना स्याङ्तान बजार जान्छु भनेर निस्केको र अचानक खहरे खोलाको भीरबाट ५० मिटर तल खसेर अड्किएको खबरपछि प्रहरीले उद्धार गरेको हो । बीच खोल्सामा अड्किएर बसेको पाइएपछि प्रहरीले...
प्रतिजैबिक प्रतिरोध सचेतना सप्ताहको अन्तिम दिन बागमती प्रदेशमा ‘Walk the Talk’ कार्यक्रम सम्पन्न
हेटौंडा । हरेक वर्ष नोभेम्बर १८ देखि २४ तारिखसम्म विश्वभर मनाइने ‘प्रतिजैबिक प्रतिरोध (AMR) सचेतना सप्ताह’ अन्तर्गत बागमती प्रदेश सरकारले आज विशेष कार्यक्रम गरेको छ। स्वास्थ्य मन्त्रालयको आयोजना तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रतिष्ठानअन्तर्गतको AMR Club को समन्वयमा गरिएको ‘Walk the Talk for AMR Awareness’ शीर्षकको पदयात्राले...
हेटौंडा बजारको सडक सीमाभित्र बनेका संरचना १५ दिनभित्र हटाउन अल्टिमेटम
५ मंसिर, हेटौंडा । सरकारले मकवानपुरको हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका घरटहरा, संरचना हटाउन १५ दिने अल्टिमेटम दिएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले आज शुक्रबार सार्वजनिक सूचना जारी गर्दै १५ दिनभित्र रातोमाटेदेखि बुद्धचोक...
जनस्वास्थ्यमा ललितपुर, अस्पतालमा भक्तपुर र आयुर्वेदमा सिन्धुली प्रथम
हेटौंडा । बागमती प्रदेश, स्वास्थ्य निर्देशनालय मातहत रहेका उत्कृष्ट कार्यालयहरुलाई पुरस्कृत गरिएको छ । उत्कृष्ट भएका जनस्वास्थ्य कार्यालय, अस्पताल र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयहरूलाई बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँ, प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा, स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलगायतले सम्मानपत्र प्रदान गर्नुभयो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले प्रदेशको स्वास्थ्य...
कच्ची, खाल्टाखुल्टी र डुवान मुक्त सडक बनाउँछाैँ: वडा अध्यक्ष सिग्देल
हेटाैँडा। हेटाैँडा उपमहानगरपालिका ४ नम्बर वडालाई २०८४ सालसम्म कच्ची, खाल्डाखुल्डी र डुवान मुक्त गरिने वडा अध्यक्ष नवीन सिग्देलले बताउनु भएकाे छ । लक्ष्मी टाेल विकास संस्थाकाे ८ औँ साधारणसभाकाे उद्घाटन गर्दै ४ नम्बर वडा हेटाैँडाकाे मूख्य बजार क्षेत्र र मुटुकाे वडा भएकाेले व्यवस्थित सहर र बस्ती बनाउन कच्ची र...
कोटेशनबाट सामग्री खरिद नगर्नु: स्वास्थ्यमन्त्री थापा
हेटौंडा। बागमती प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयको आयोजनामा सुरु भएको ३ दिने प्रदेशस्तरीय वार्षिक समीक्षा कार्यक्रम सुरु भएको छ । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले कार्यक्रमको उद्घाटन गर्नुभयो ।कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय कायम हुन सके स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन हुने भन्दै तीनै तह एकसाथ...








