कच्ची, खाल्टाखुल्टी र डुवान मुक्त सडक बनाउँछाैँ: वडा अध्यक्ष सिग्देल

सबथोक न्युज
२०८२ मंसिर १, आईतवार २०:४३


हेटाैँडा। हेटाैँडा उपमहानगरपालिका ४ नम्बर वडालाई २०८४ सालसम्म कच्ची, खाल्डाखुल्डी र डुवान मुक्त गरिने वडा अध्यक्ष नवीन सिग्देलले बताउनु भएकाे छ । लक्ष्मी टाेल विकास संस्थाकाे ८ औँ साधारणसभाकाे उद्घाटन गर्दै ४ नम्बर वडा हेटाैँडाकाे मूख्य बजार क्षेत्र र मुटुकाे वडा भएकाेले व्यवस्थित सहर र बस्ती बनाउन कच्ची र खाल्टाखुल्टी मुक्त वडा बनाईने उहाँकाे भनाई थियाे ।

संघीय सरकार, प्रदेश सरकार र उपमहानगरसंग समन्वय गर्दै वडाकाे सबै सडककाे स्तरीकरण कार्य अगाडि बढाउन लागिपरेकाे कामबाट नै नगरबासीमा छर्लङ्ग भएकाे वडा अध्यक्ष सिग्देलले दावी गर्नुभयाे । सडक पूर्वाधारसंगै शिक्षा, स्वास्थ्य, खेलकुद, वातावरण, भाषा, साहित्य संस्कृति, युवा, महिला, विध्यार्थी, बृद्वबृद्वाकाे विभिन्न क्षेत्रमा कार्य गरिरहेकाे जानकारी दिनुभयाे ।
साधारणसभा टाेल विकास संस्थाका अध्यक्ष शान्ति बरालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा टाेल विकास संस्था नगर समन्वय समितिका महासचिव शिवहरी दाहाल, टाेल विकास संस्था वडा समन्वय समितिका सदस्य ईन्द्रबहादुर थापा मगरकाे विशेष आथित्यता रहेकाे थियाे । साधारणसभाले पुन: शान्ति बरालकाे अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएकाे संस्थाकी प्रतिनिधि आशा ढकालले जानकारी दिनुभयाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*