बागमती प्रदेश

मकवानपुरमा ३५ उम्मेदवारको धरौटी जफत, १० हजार मत बदर

हेटौंडा । मकवानपुरका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा ३५ जना उम्मेदवारको धरौटी जफत भएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा उनीहरूको धरौटी जफत भएको हो। मकवानपुर–१ मा पूर्वसांसद तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपकबहादुर सिंह समेत धरौटी जफत हुने गरी पराजित भएका छन्। २०७९...

मकवानपुर–१ मा गठबन्धनलाई पराजित गर्ने दीपकबहादुर सिंहको यसपटक धरौटी नै जफत

हेटौंडा ।  २०७९ को प्रतिनिधि सभा निर्वाचनमा सत्ता गठबन्धनलाई हराउँदै मकवानपुर–१ बाट निर्वाचित भएका दीपकबहादुर सिंहको धरौटी जफत भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का सिंहले २०७९ को प्रतिनिधि सभा निर्वाचनमा तात्तकालीन नेकपा (माओवादी), एकीकृत समाजवादीलगायतका दलको गठबन्धनमा साझा उम्मेदवार बनेकी कांग्रेसकी महालक्ष्मी उपाध्यय डीनालाई पराजित गरेका थिए। विजयी...

प्रदेश सभामा छाडेर प्रतिनिधसभामा उम्मेदवार बनेका ५ मध्ये २ विजयी

हेटौंडा । बागमती प्रदेश सभा सदस्य पद त्यागेर प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका ५ जनामध्ये २ जना मात्रै निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गएका सुनिल केसी र युवराज दुलाल विजयी भएका हुन् । प्रदेशसभा सदस्य त्यागेर प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका अमनकुमार मास्के, प्रकाश श्रेष्ठ र बसन्तप्रसाद मानन्धर पराजित...

विद्युतकाे पोलमा बस ठोक्किँदा २२ जना घाइते

मकवानपुरको मनहरी गाउँपालिका– ७, बिजौनास्थित पूर्व–पश्चिम राजमार्गखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । आइतबार बिहान करिब सवा सात बजे वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ख ००५४ नम्बरको बस अनियन्त्रित भई सडक किनारमा रहेको विद्युतकाे पोलमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।...

मकवानपुरका निर्वाचन क्षेत्रमा सुरक्षा निकाय परिचालन

हेटौंडा । मकवानपुरका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै चार वटै सुरक्षा निकायको संयुक्त टोली परिचालन गरिएको छ । जिल्लाका दुवै निर्वाचन क्षेत्रका मतदान स्थल वरपर तथा दश वटै स्थानीय तहमा सुरक्षा निकायको उपस्थिति सुनिश्चित गरिएको हो । निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै नेपाली सेना,...

स्वास्थ्य मन्त्रालयद्वारा धादिङमा गम्भीर अवस्थाका नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार

हेटौंडा । धादिङ जिल्लाको खनियाबास गाउँपालिकास्थित खनियाबास ग्रामीण अस्पतालमा जन्मिएका एक नवजात शिशुको गम्भीर स्वास्थ्य अवस्थाका कारण बुधबार हेलिकप्टरमार्फत आपत्कालीन उद्धार गरिएको छ। जन्मिएलगत्तै श्वासप्रश्वासमा समस्या देखिएपछि बागमती प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयले जनस्वास्थ्य कार्यालय धादिङको समन्वयमा १९ बर्षकि आमा चुनमाया सहित शिशुलाई थप उपचारका लागि काठमाडौँ पठाइएको हो।...

हेटौंडामा ट्रिपरले मोटरसाइकललाई  ठक्कर दिदा १ जनाको मृत्यु

हेटौंडा । मकवानपुरको हेटौडा उपमहानगरपालिका–१९ सान्नानटारमा ट्रिपरले मोटरसाइकललाई  ठक्कर दिदा १ जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो पूर्व–पश्चिम राजमार्गको हेटौंडा मनहरी सडक खण्ड अन्तर सान्नानटारमा मनहरीबाट हेटौडा आउँदै गरेको लु.३४ प ४६७५ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बा.प्र.०३–००१ ख ११७९ नम्बरको ट्रिपरले ठक्कर दिएको थियो । दुर्घटनामा...

एमाले मकवानपुर निर्वाचन परिचालन समितिकाे बैठक

हेटाैँडा। नेकपा एमाले मकवानपुर निर्वाचन परिचालनकाे सचिवालय बैठक सम्पन्न भएकाे छ । बैठकले मकवानपुर जिल्लाकाे दुवै क्षेत्रमा पार्टीकाे दुवै उम्मेद्वारकाे जीत सुनिश्चित रहेकाे निष्कर्ष निकालेकाे छ । विगत निर्वाचनमा पार्टीकाे उम्मेद्वारले प्राप्त गरेकाे मतलाई सुरक्षित गर्न र फरक चुनाैतीलाइ सामना गर्न सबै नेता र कार्यकर्ता चनाखाे हुनपर्ने र प्रचार...

हेटौँडामा वडा स्तरीय खेलकुद महोत्सव सुरु

हेटौँडा । हेटौँडामा तेस्रो वडा स्तरीय खेलकुद महोत्सव सुरु  भएको छ । हेटौँडा उपमहानगरपालिका–४ नं. वडा कार्यालयको आयोजनामा तेस्रो वडा स्तरीय खेलकुद महोत्सव सुरु भएको हो ।वडा कार्यालय र शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा शुक्रबारदेखि सञ्चालन गरिएको महोत्सवको उद्घाटन अवसरमा बृहत् शैक्षिक खेलकुद र्‍याली निकालिएको छ । स्थानीय जनप्रतिनिधि,...

कार्यसम्पादन मूल्याङ्कनमा बागमती सरकार तेस्रो, अघिल्लो वर्षभन्दा अंक घट्यो

हेटौंडा । प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा बागमती प्रदेश सरकार तेस्रो भएको छ । आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन अनुसार बागमती प्रदेश ४२.४६ अंकसहित तेस्रो स्थानमा परेको हो ।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले ‘प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि, २०७८’...