बागमती प्रदेश
मकवानपुरमा निर्वाचन तयारी तीव्र : ७५२ मतदान कर्मचारीलाई आजदेखि तालिम, ८ केन्द्रका मतपेटिका बाहिरी जिल्लाबाट ल्याइने
हेटौंडा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मकवानपुरमा मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि आजदेखि तालिम सुरु गरिदै छ । जिल्लाका ७५२ जना मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका लागि हेटौंडास्थित सिद्धार्थ माध्यमिक विद्यालयमा तालिम सञ्चालन गरिएको हो । तीन दिनसम्म चल्ने उक्त तालिममा मतदानको दिनमा...
हेटौंडामा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित पूर्व–पश्चिम सडकखण्डमा बुधबार बिहान भएको सवारी दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। आज बिहान करिब ५ः०५ बजे हेटौंडा बजारबाट मनहरीतर्फ जाँदै गरेको ना ४३ प २२१ नम्बरको मोटरसाइकललाई नेवारपानीतर्फबाट हेटौंडातर्फ आउँदै गरेको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक राक्सिराङ गाउँपालिका–१...
मकवानपुरमा निर्वाचन लक्षित स्वास्थ्य तयारीका लागि विपद् व्यवस्थापन समितिका पाँच निर्णय
हेटौंडा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मकवानपुर जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण तयारीका निर्णयहरू गरेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको अध्यक्षतामा आज बसेको समितिको बैठकले निर्वाचन अवधिमा सम्भावित विपद् तथा आकस्मिक अवस्थालाई मध्यनजर गर्दै जिल्लाभर स्वास्थ्य...
हेटौंडामा मतपत्र आइपुग्यो, निर्वाचन तयारी अन्तिम चरणमा : फागुन १८ देखि मतदान अधिकृत केन्द्रमा पुग्ने
हेटौंडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक मतपत्र तथा निर्वाचन सामाग्री हेटौंडा आइपुगेको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लामा तयारी तीव्र बनाइएको छ भने समग्र व्यवस्थापन अन्तिम चरणमा पुगेको जनाइएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले निर्वाचन सम्पन्न गर्न आवश्यक...
मकवानपुरमा बस र ट्रक ठोक्किँदा १४ जना घाइते
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–९ रजैया स्थित पूर्व–पश्चिम राजमार्गमा गएराति बस र ट्रक एकआपसमा ठोक्किँदा १४ जना घाइते भएका छन् । शुक्रबार राति करिब ११ः४० बजे हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बा प्र ०६–००१ ख ०४१५ नम्बरको चामल बोकेको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००१ ख ४७६८ नम्बरको यात्रुबाहक...
मकवानपुरमा मतदान अधिकृतलाई मतपेटिका सहित निर्वाचन सामाग्री हस्तान्तरण गरिदै
हेटौंडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा आज मकवानपुरका मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूलाई मतपेटिका सहित आवश्यक निर्वाचन सामाग्री हस्तान्तरण गर्न लागिएको छ । मकवानपुरका दुइ वटा निर्वाचन अधिकृतको कार्यालयले मतदानको दिन प्रयोग हुने सम्पूर्ण सामाग्री आज...
मकवानपुरका सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी खटिदै
हेटौंडा । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीहरू आज अपराह्नसम्म जिल्लाभरका सबै मतदान केन्द्रमा पुग्ने भएका छन्। निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले सोमबार अपराह्नसम्म मतदानमा खटिने सम्पूर्ण जनशक्तिलाई आ–आफ्नो केन्द्रमा अनिवार्य रूपमा पुग्न निर्देशन दिएको छ। मकवानपुर जिल्लाका दुर्गम तथा विकट क्षेत्रमा रहेका मतदान...
मकवानपुरका दुई निर्वाचन क्षेत्रका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री
मकवानपुर । आगामी प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेका बेला मकवानपुरका दुवै निर्वाचन क्षेत्रका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पुर्याइएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार सम्बन्धित मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुलाई सामग्री बुझाउने कार्य सुरु गरिएको थियो भने सोमबार साँझसम्म जिल्लाभरका सबै मतदान केन्द्रमा आवश्यक सामग्री पठाइसकिएको छ। बागमती...
मकवानपुरमा निर्वाचनको तयारी पूरा, तारजाली र सीसीटिभीजडित मतगणना स्थल तयार
२०८२ फाल्गुन २०, बुधबार ०७:३३ हेटौंडा । भोली अर्थात फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्य निर्वाचनको मकवानपुर जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ । मकवानपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतपेटिकासहित सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् । ‘केन्द्रको क्षेत्र घोषणाको सूचना टाँस गरी सबै मतदान केन्द्रमा सर्वदलीय...
बागमती प्रदेशमा मुख्यमन्त्रीसहित ८ मन्त्रालय राख्न र ७०१ दरबन्दी कटौती गर्न प्रस्ताव
हेटौंडा । बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित ८ वटा मन्त्रालय मात्रै कायम गर्न प्रस्ताव गरिएको छ । साथै ७०१ कर्मचारी दरबन्दी कटौती गर्न पनि प्रस्ताव गरिएको छ । प्रदेश प्रशासनिक पुनर्संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समितिले मुख्यमन्त्री कार्यालयसहित ८ वटा मन्त्रालय मात्रै आवश्यक रहेको औंल्याउँदै सरकारलाई सुझावसहितको प्रतिवेदन बुझाएको...








