प्रदेश सभामा छाडेर प्रतिनिधसभामा उम्मेदवार बनेका ५ मध्ये २ विजयी

सबथोक
२०८२ फाल्गुन २६, मंगलवार ११:१५

हेटौंडा । बागमती प्रदेश सभा सदस्य पद त्यागेर प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका ५ जनामध्ये २ जना मात्रै निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गएका सुनिल केसी र युवराज दुलाल विजयी भएका हुन् ।

प्रदेशसभा सदस्य त्यागेर प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका अमनकुमार मास्के, प्रकाश श्रेष्ठ र बसन्तप्रसाद मानन्धर पराजित भएका हुन् ।

सुनिल केसीले काठमाडौं–२ बाट उम्मेदवारी दिएका थिए । उनी २०७९ मा राप्रपाबाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी दिएका थिए । यसैगरी, युवराज दुलाल सिन्धुपाल्चोक–२ बाट  प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । दुलालले नेकपाबाट उम्मेदवारी दिएका थिए ।  

एमालेबाट मास्केले काठमाडौं–६ मा उम्मेदवारी दिएका थिए । नेकपाका बसन्तप्रसाद मानन्धर र एमालेका प्रकाश श्रेष्ठले काठमाडौं–७ मा उम्मेदवारी दिएका थिए । प्रदेशसभाबाट राजीनामा दिए पनि कांग्रेसका कुन्दनराज काफ्लेले भने टिकट नै पाएनन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*