स्वास्थ्यमन्त्री थापाद्वारा सर्यविनायकमा ३० करोड लागतको सडक योजना शिलान्यास
काठमाडौं, चैत १ । वाग्मती प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा विनियोजित करिब ३० करोड रुपैँया लागतको सडक योजना भक्तपुरमा शिलान्यास गरिएको छ ।
सूर्यविनायक नगरपालिका–८ र ९ अन्तर्गत पर्ने पलासे–काँक्राबारी–आशापुरी–नैचाल–रानीकोट–ध्याप्डाँडा–तार्केश्वर सडक खण्डको आइतबार शिलान्यास गरिएको हो ।
उक्त सडक योजनाको शिलान्यास वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले गर्नुभएको हो । शिलान्यास कार्यक्रममा उहाँले स्थानीय सडक पूर्वाधारको विकासले साे क्षेत्रको आर्थिक, सामाजिक तथा पर्यटन गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश सरकारको लगानीमा निर्माण हुने यस सडकले सूर्यविनायक नगरपालिका क्षेत्रका विभिन्न बस्तीहरूलाई सहज रूपमा जोड्ने छ । स्थानीय स्तरमा यातायात सुविधा विस्तार गर्दै आर्थिक गतिविधि बढाउन सडक निर्माणले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।










