बागमती प्रदेश
ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु
मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ८ सिमपानीमा ट्रकको ठक्करबाट एकजना पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका ९ का ७० वर्षीय गंगा बहादुर स्याङतान रहेका छन्।हाल मनहरी गाउँपालिका–८ मा बसोबास गर्दै आएका स्याङ्तानलाई आज । बिहान करिब ५:१५ बजे हेटौडाबाट चितवनतर्फ गइरहेको ना ५ ख ७७१२...
हेटौंडामा महिला राष्ट्रिय गोल्डकप फुटबल हुने
हेटौंडा । मकवानपुरको हेटौंडामा पहिलो पटक मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । मकवानपुर जिल्ला फुटबल संघले नियमित गर्दै आएको स्थानीय तह सहिद स्मृति गोल्डकप अन्तर्गत सातौ चरणमा आईपुग्दा महिला गोल्डकपको आयोजना गर्न लागेको हो । मंगलवार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरि संघले बैशाख १९...
कान्ति लोकपथ दैनिक ६ घण्टा बन्द हुने
हेटौंडा । हेटौंडा–काठमाण्डौं जोड्ने कान्ति राजमार्ग विस्तार क्रममा दैनिक ६ घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सूचना प्रकाशित गरी कान्ति राजमार्गमा सवारी आवागमन बन्द हुनेबारे जानकारी गराएको हो । मकवानपुर जिल्लाको बकैया गाउँपालिकास्थित ठिगन–बगुवा सडक खण्डमा सडक चौडा बनाउन काम भइरहेको छ । त्यसका लागि...
छोरीलाई पटक–पटक करणी गरेको आरोपमा बुवा पक्राउ
हेटौंडा । मकवानपुरको थाहा नगरपालिका– १, कुञ्छालमा छोरीलाई पटक–पटक जबरजस्ती करणी गरेको अभियोगमा ६३ वर्षीय बुवा पक्राउ परेका छन् । आइतबार पीडित किशोरीले इलाका प्रहरी कार्यालय पालुङमा जाहेरी दिएपश्चात् घटना बाहिर आएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक सविनबाबु अर्यालले जानकारी दिनुभयो । बाबुले गत २०८१ साल भदौदेखि कात्तिकसम्म...
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्य संस्थाको अनुगमन सुरु
हेटौंडा । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्थाहरुको अनुगमन सुरु गरेको छ । स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमीत्रा गौतमको नेतृत्व टोलीले आइतबार काठमाडौमा रहेको नर्भिक इन्टरनेशनल अस्पतालको अनुगमन गरेको छ। अस्पतालले २०० शय्याको नवीकरणका लागि आवेदन दिएको मन्त्रालयले जनाएको छ ।स्वास्थ्य मन्त्रालयद्वारा निर्मित विद्युतीय प्रणालीमार्फत अनुमति नवीकरणका लागि आवेदन...
मकवानपुर चट्याङको उच्च जोखिममा
हेटौंडा । गत चैत ३१ गते मकवानपुरमा चट्याङ लागेर एक जनाको ज्यान गयो । मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरमा चट्याङ लागेर स्थानीय २८ वर्षीय अविरल थिङले ज्यान गुमाए । आइतबार दिउँसो हावाहुरी पानीसँगै परेको चट्याङले लाग्दा उनको घटनास्थलमै ज्यान गएको थियो । सोही दिन चट्याङ लागेर दुई स्थानीयसमेत घाइते भए...
मकवानपुरका ३३ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु
हेटौंडा । मकवानपुरमा शनिबार र आइतबार भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत मकवानपुरमा पनि ६ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकाहरुलाई भिटामिन ‘ए’ तथा एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधी खुवाउन सुरु गरिएको हो । जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार दुईदिने अभियानमा...
शिक्षाको गुणस्तर बढाउँदै विद्यालय नर्स कार्यक्रम
हेटौंडा । प्रदेश सरकारको ‘एक विद्यालय एक नर्स’ कार्यक्रमले बागमती प्रदेशमा शिक्षाको गुणस्तरमा सहयोग पुर्याउन प्रभावकारी बन्दै गएको छ । यो कार्यक्रमका कारण हाल बागमतीका आठ सयभन्दा बढी माध्यमिक विद्यालयमा नर्सिङ सेवाको पहुँच पुगेको छ । विद्यालय तहबाटै बालबालिकालाई सन्तुलित र पोषिलो खानेकुराका साथै स्वास्थ्य सजगता अपनाउन उत्प्रेरित गर्दै स्वास्थ्य, सरसफाइ...
मकवानपुरगढीमा विद्युतीय गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु १४ जना घाइते
हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा विद्युतीय गाडी दुर्घटनामा दुइ जनाको मृत्यु भएको छ । एक जनाको उपचारको क्रममा र एक जनाको दुर्घटना भएको स्थानमानै मृत्यु भएको हो । अरु १३ जना यात्रु घाइते भएका हुन् । आज विहान १ बजेको समयमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका २ धरमपानी स्थित कान्तिलोक पथ सडकखण्डमा...
कवाडी संकलन केन्द्रमा महानगर प्रहरीको डोजर
काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले च्यासल पुलदेखि बालकुमारी पुल क्षेत्रसम्मको कवाडी संकलन केन्द्र हटाएको छ । महानगर प्रहरी बलका प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार आवास क्षेत्रमा रहेका कवाडी संकलन केन्द्र आज हटाइएको हो । ‘पटक पटक सूचना दिँदा पनि अटेर गरेपछि आज डोजर चलाइएको हो,’ उनले भने...










