थाहा नगरपालिकामा हावाहुरीले घर र टहरामा क्षति

संवाददाता
२०८१ फाल्गुन ३०, शुक्रबार १३:२१

हेटौंडा । मकवानपुरको थाहा नगरपालिकामा बिहीबार बेलुका आएको हावाहुरीले दर्जनौं घरका छाना र तरकारीका प्लास्टिकका टनेल उडाएको छ । थाहा नगरपालिका–३ र ४ नम्बर वडाका करिब सय घरको जस्तापाताको छाना र करिब ८० वटा टनेल हावाहुरीले उडाएको थाहा नगरपालिकाका सूचना अधिकृत सुरज भुजेलले बताए । ‘यो प्रारम्भिक तथ्यांक मात्र हो,’ उनले भने ।

बिहीबार बेलुका साढे ६ बजेतिर पानीसँगै आएको हावाहुरीले घर्तिखोला भैरव मन्दिर माथिको क्षेत्रका अधिकांश जस्तापाताको छाना भएका घरहरुको छाना उडाएको छ । प्लास्टिकको टनेलमा ५० वटा भन्दा बढी उडाएको स्थानीय अगुवा कृषक सुदर्शन विष्टले भने,‘हावाहुरीले घरको छाना मात्र उडाएन तरकारी खेती गरिरहेको प्लास्टिकको टनेल पनि उडायो ।’ थाहा नगरपालिका–३ मा निर्माणाधीन कोल्ड स्टोरको जस्तापाताको छाना पनि हावाहुरीले उडाएको छ ।

हावाहुरीले थाहा नगरपालिका–४ को धारापानी, नयाँगाउँ र ३ नम्बर वडाको घर्तिखोलासहित करिब सय घरभन्दा बढीको छाना उडाएको छ भने ८० भन्दा बढी तरकारीका प्लास्टिकका टनेलहरु क्षतिग्रस्त बनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*