ट्राफिक कार्यालय मकवानपुरलाई व्रेथलाइजर र लापसे परिक्षण किट प्रदान

संवाददाता
२०८२ श्रावण २, बिहीबार ११:५३

हेटौडा । विश्‍व स्वास्थ्य संगठनका नेपालले स्वास्थ्य मन्त्रालयलाइ २ थान ब्रेथलाइजर मेशिन प्रदान गरेको छ । नेपाल प्रतिनिधि डा. राजेस सम्भाजिराव पाण्डवसहितको उच्च स्तरीय टोलिले स्वास्थ्य मन्त्रालयमा छलफल पश्चात स्वास्थ्य मन्त्रालयलाई प्रदान गरिएको दुई थान ब्रेथलाइजर मेशिनसहित स्वास्थ्य मन्त्रालायले तीन कार्टुन N95 मास्क, ४०० थान चालकहरुले लागू पदार्थ सेवन परिक्षण किट मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ मार्फत स्वास्थ्य मन्त्री किरण थापा मगरले प्रहरी नायव उपरिक्षक उद्धव खड्कालाई हस्तान्तरण गर्नु भएको थियो। उहाँले उक्त सामाग्रीहरु जिल्ला ट्राफिक कार्यालयका रोसन कुमार दाहाललाई हस्तानतरण गर्नु भएको थियो।

स्वास्थ्य मन्त्रालयमा भएको उक्त कार्यक्रममा विश्‍व स्वास्थ्य संगठनका सिनियर स्वास्थ्य नीति सल्लाहकार डा. ग्याम्पो दोर्जीले युवाहरुको मृत्यु र अपाङ्गता हुने दरलाई कम गर्न मोटरसाइक, स्कुटर आदि चालक र पछाडि बस्ने यात्रुले समेत हेलमेटको प्रयोग गर्नु पर्ने, पछाडि बस्नेले समेत हेलमेट लगाउनु पर्ने सवारी साधन र यातायात व्यवस्थापन सम्वन्धी ऐन २०४९ को पूर्ण कार्यान्वयनमा जोड दिनु भएको थियो।दुई पाङेग्रे सवारी साधन चलाउने र पछाडी बस्ने दुबै जनाले गुणस्तरीय हेलमेट प्रयोग गरेमा मात्र पनि सडक दुर्घटनाबाट हुने ३९ प्रतिशत मृत्युलाई बचाउन सकिन्छ र ७२ प्रतिशत चोटपटकको जोखिम र गम्भिरतालाई घटाउन सकिन्छ भन्दै उहाँले हेलमेट प्रयोगमा प्रदेश सरकारले सुरक्षा निकायसँगको सहयोगमा कडाइ गर्न सकिने कुराको सुझाव दिनुभएको थियो। युवा पुस्ताको मृत्यु र दुर्घटनाका कारण हुन सक्ने अपाङ्गतालाई कम गरी भावि पुस्तालाई सुरक्षित गर्न पनि कार्यक्रममा छलफल भएको थियो ।

कार्यक्रममा मन्त्री किरण थापा मगरज्यूले खास गरी किशोरकिशोरी तथा युवाहरुले तिब्र गतिमा सवारी साधन चलाउने, सुरक्षाका उपायहरु अवलम्बन नगर्ने कारणले बढी दुर्घटना हुने र गम्भिर प्रकारका चोटपटक लाग्ने, मृत्यु र अपाङ्गता हुने हुँदा यसबाट जोगिने उपायहरुबारे ध्यान दिन आग्रह गर्नु भएको थियो। सोही कार्यक्रममा विश्‍व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा.राजेश सम्भाजिराव पाण्डवले सडक दुर्घटना न्यूनिकरण र दुर्घटनाको कारण हुने मृत्युलाई कम गर्न दुर्घटना हुनसक्ने कारक तत्वहरुको नियन्त्रण गर्नु पर्नेमा जोड दिनु भएको थियो। हेलमेटको सहि तरिकाले प्रयोग गरेमा पनि टाउकोको गम्भिर प्रकारको चोटपटक र मृत्युको सम्भावन घटाउने हुनाले यसको प्रयोगको लागि मौजुदा नीतिको कार्यान्वयन गर्नु पर्ने कुरा बताउनु भएको थियो।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले सडक दुर्घटा भएपछि अस्पताल आउने र मृत्यु वा अपाङ्ग हुने दर उच्च रहेकोले सवारी साधन चलाउँदा चालकले मादक पदार्थ वा लागू पदार्थ सेवन गरेको वा नगरेको जाँच गर्ने उपकरण तथा किटको प्रयोगले दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने कुरा बताउँदै यसको सहि सदुपयोगको अपेक्षा गर्नुभयो। व्रेथलाइजर प्रदान गर्नु भएकोमा विश्‍व स्वास्थ्य संगठनलाई धन्यवाद दिनुभयो। साथै ट्राफिक प्रहरीलाई धुलो धुवाँबाट बचाउन N95 मास्कको प्रयोग उपयोगि हुने हुँदा यो प्रदान गरिएको बताउनु भयो। ट्राफिक प्रहरीलाई चर्को घाममा सडकमा काम गर्नु पर्ने भएकोले शरीरमा पानीको मात्रा कम हुने र यसका कारणा विभिन्‍न स्वास्थ्य समस्या देखिने हुनाले सांकेतिक रुपमा केही मात्रामा भए पनि सुरक्षित पिउने पानी उपलब्ध गराइएको जानकारी दिनु भएको थियो। कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्र कुमार झा, स्वास्थ्य आपूर्ति केन्द्रका प्रतिनिधि एवं स्वास्थ्य मन्त्रायका महाशाखा प्रमुखहरु सहितको उपस्थिति रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*