प्रदेश राजधानी र सङ्घीय राजधानी दुई सडकमा सवारी संचालनमा रोक
बागमती प्रदेशको राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौं जोड्ने दुई सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
गए रातिदेखिको अविरल वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा–भैँसे–भीमफेदी–देउराली–सिस्नेरी–काठमाडौँ सडक र कान्ति लोकपथमा सवारी सञ्चालनमा रोक लगाएको हो ।
जिल्ला प्रशासन कार्यालयले सोमबार एक सूचना जारी गर्दै उक्त सडक खण्डहरूमा बाढी, पहिरो तथा खोलानालाको बहाव बढेर उच्च जोखिमको अवस्था सिर्जना भएकाले यात्रुहरूको सुरक्षाका लागि सडक प्रयोगमा रोक लगाइएको जनाएको छ ।
हेटौँडा–सिसनेरी–काठमाडौँ भएर गुड्ने सवारीलाई हेटौँडाको चौकीटोलमा सोमबार साँझ ५ बजेदेखि मङ्गलबार बिहान ५ बजेसम्म र कान्ति लोकपथ भएर जाने सवारी साधनहरूलाई अर्को सूचना जारी नभएसम्मका लागि रोक लगाइएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी सूचनामा उल्लेख छ ।
प्रशासनले यात्रुको सुरक्षा तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले यातायात व्यवसायी, चालक तथा सर्वसाधारण सबैलाई तोकिएको स्थान र समयपश्चात् मात्र सवारी साधन सञ्चालन गर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दै वैकल्पिक तथा सुरक्षित मार्गको प्रयोग गर्न आग्रह गरेको छ ।प्रदेश राजधानी र सङ्घीय राजधानी दुई सडकमा सवारी संचालनमा रोक
हेटौंडा २९ असार ।
बागमती प्रदेशको राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौं जोड्ने दुई सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
गए रातिदेखिको अविरल वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा–भैँसे–भीमफेदी–देउराली–सिस्नेरी–काठमाडौँ सडक र कान्ति लोकपथमा सवारी सञ्चालनमा रोक लगाएको हो ।
जिल्ला प्रशासन कार्यालयले सोमबार एक सूचना जारी गर्दै उक्त सडक खण्डहरूमा बाढी, पहिरो तथा खोलानालाको बहाव बढेर उच्च जोखिमको अवस्था सिर्जना भएकाले यात्रुहरूको सुरक्षाका लागि सडक प्रयोगमा रोक लगाइएको जनाएको छ ।
हेटौँडा–सिसनेरी–काठमाडौँ भएर गुड्ने सवारीलाई हेटौँडाको चौकीटोलमा सोमबार साँझ ५ बजेदेखि मङ्गलबार बिहान ५ बजेसम्म र कान्ति लोकपथ भएर जाने सवारी साधनहरूलाई अर्को सूचना जारी नभएसम्मका लागि रोक लगाइएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी सूचनामा उल्लेख छ ।
प्रशासनले यात्रुको सुरक्षा तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले यातायात व्यवसायी, चालक तथा सर्वसाधारण सबैलाई तोकिएको स्थान र समयपश्चात् मात्र सवारी साधन सञ्चालन गर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दै वैकल्पिक तथा सुरक्षित मार्गको प्रयोग गर्न आग्रह गरेको छ ।