बागमती प्रदेशमा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न

सबथोक
२०८२ चैत्र ५, बिहीबार १३:३७

हेटाैँडा । बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयको आयोजनामा स्वास्थ्य क्षेत्रको प्रभावकारी कार्यान्वयन, उपलब्धि मूल्याङ्कन तथा सुधारका अवसरहरूको पहिचान गर्ने उद्देश्यले आर्थिक वर्ष २०८२/०८३ का स्वास्थ्य कार्यक्रमहरूको प्रदेशस्तरीय अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ।

गोष्ठीले हालसम्मका प्रगति, चुनौती तथा सिकाइहरूलाई समेट्दै आगामी आर्थिक वर्षका लागि व्यवहारिक, दिगो र परिणाममुखी योजना तर्जुमा गर्न महत्वपूर्ण योगदान पुर्‍याएको जनाइएको छ।

कार्यक्रममा विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने स्वास्थ्यकर्मी, सरोकारवाला निकाय तथा विज्ञहरूले सेवा प्रवाहमा देखिएका समस्या, स्रोत–साधन व्यवस्थापन, मानव स्रोतको अवस्था र स्वास्थ्य सूचक सुधारका उपायबारे गहन छलफल गर्नु भएको थियो।

गोष्ठीले सेवा गुणस्तर अभिवृद्धि, पहुँच विस्तार, जनचेतना वृद्धि र प्रविधिको प्रभावकारी प्रयोगमा जोड दिइदै आगामी आर्थिक वर्षका लागि प्राथमिकताका क्षेत्रहरू निर्धारण गरेको छ। यसले प्रदेशको समग्र स्वास्थ्य प्रणाली सुदृढीकरणमा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रम बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा स्वास्थ्य सचिव सुमित्रा गौतमलगायतका स्वास्थ्य क्षेत्रका वरिष्ठ अधिकारीहरूको समेत उपस्थिती थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*