बागमती प्रदेशका स्वास्थ्य मन्त्री थापा द्वारा आयुर्वेद तथा बैकल्पिक चिकित्सालय मकवानपुरको नवनिर्मित भवन निरीक्षण

संवाददाता
२०८२ जेष्ठ ९, बिहीबार २१:४२

हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले मकवानपुर जिल्लामा निर्माण सम्पन्न भएको आयुर्वेद तथा बैकल्पिक चिकित्सालयको नवनिर्मित भवनको   निरीक्षण गर्नुभएको छ।

नवनिर्मित भवनको निरीक्षण भ्रमणको क्रममा मन्त्री थापाले प्रदेश सरकारको प्राथमिकतामा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा प्रवर्द्धन गर्ने बताउनुभयो। उहाँले भन्नुभयो , “नयाँ संरचनाले यस क्षेत्रमा आयुर्वेदिक स्वास्थ्य सेवा विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने छ। स्थानीय समुदायले गुणस्तरीय सेवा पाउनुहुनेछ।”
सो अवसरमा चिकित्सालयका अध्यक्ष अर्जुन ढकाल र प्रमुख डा. ललिता पाण्डेले मन्त्री थापा तथा सचिव डा. सुमित्रा गौतमलाई स्वागत गर्दै नवनिर्मित भवन र  उपलब्ध सेवा सुविधाबारे जानकारी गराउनुभएको थियो।

मन्त्री थापाले आयुर्वेद र वैकल्पिक चिकित्सा क्षेत्रको प्रवर्द्धनमा मन्त्रालयले थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। निरीक्षणमा चिकित्सालयका पुर्व अध्यक्ष मधु बजगाई, डा. रबिन भुषाललगायतको उपस्थिति रहेको थियो।
भवन निर्माणाधीन रहेकोले हाल भाडाको घरबाट चिकित्सालयले सेवा दिदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*