ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु
मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ८ सिमपानीमा ट्रकको ठक्करबाट एकजना पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका ९ का ७० वर्षीय गंगा बहादुर स्याङतान रहेका छन्।हाल मनहरी गाउँपालिका–८ मा बसोबास गर्दै आएका स्याङ्तानलाई आज । बिहान करिब ५:१५ बजे हेटौडाबाट चितवनतर्फ गइरहेको ना ५ ख ७७१२ नम्बरको लोड ट्रकले सडक पार गर्दै गर्दा ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका स्याङतानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।दुर्घटनापछि ट्रक र ट्रकका चालक सर्लाहीको हरिवन नगरपालिका–११ बस्ने ४० वर्षीय प्रमोद महत्तोलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई इलाका प्रहरी कार्यालय मनहरीमा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










