मकवानपुरको सुनाचुरीमा भएको बस दुर्घटनामा१५ जना घाइते

संवाददाता
२०८२ बैशाख ४, बिहीबार ०९:५६

हेटौंडा । मकवानपुरमा यात्रुबाहक बस दुर्घटना हँदा १५ जना घाइते भएका छन् । मनहरी गाउँपालिका–६ स्थित सुनाचुरीमा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १५ जना घाइते भएका हुन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनाचुरी चौकीबाट करिब ५०० मिटर पश्चिमतर्फ बिहीबार बिहान करिब ४:५० बजे इटहरीबाट भैरहवा जाँदै गरेको लु२ख ५९९ नम्बरको बस सडकबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकाहरुको उद्धार गरी चितवनतर्फ उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

दुर्घटनामा घाइते भएकाहरुको अवस्था मध्यम रहेको उनले बताए । उनकाका अनुसार बसको स्टेरिङ लक भएर नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। बसका चालक बारा जिल्लाको कोल्बी नगरपालिका–११ निवासी २९ वर्षीय राकेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*