मकवानपुरको सुनाचुरीमा भएको बस दुर्घटनामा१५ जना घाइते
हेटौंडा । मकवानपुरमा यात्रुबाहक बस दुर्घटना हँदा १५ जना घाइते भएका छन् । मनहरी गाउँपालिका–६ स्थित सुनाचुरीमा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १५ जना घाइते भएका हुन्।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनाचुरी चौकीबाट करिब ५०० मिटर पश्चिमतर्फ बिहीबार बिहान करिब ४:५० बजे इटहरीबाट भैरहवा जाँदै गरेको लु२ख ५९९ नम्बरको बस सडकबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएकाहरुको उद्धार गरी चितवनतर्फ उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
दुर्घटनामा घाइते भएकाहरुको अवस्था मध्यम रहेको उनले बताए । उनकाका अनुसार बसको स्टेरिङ लक भएर नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। बसका चालक बारा जिल्लाको कोल्बी नगरपालिका–११ निवासी २९ वर्षीय राकेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।










