हेटौंडा-५ को कार्यालय १२ कोठे भवनबाट संचालन

सबथोक
२०८३ बैशाख १, मंगलवार १६:०४

हेटौंडा उपमहानगरपालिका-५ को वडा कार्यालय नयाँ वर्षको पहिलो दिन वैसाख १ बाट आफ्नो भवनमा सरेको छ । यसअघि भवन अभावमा वडा कार्यालय भाडाको घरमा संचालन हुँदै आएको थियो ।

राईटोलमा डेढ कठ्ठा जग्गामा निर्माण भएको वडा कार्यालयको नवनिर्मित भवनको उपमहानगरकी मेयर मीनाकुमारी लामाले मंगलबार उद्घाटन गरिन् । 

बागमती प्रदेश सरकार, हेटौंडा उपमहानगरपालिका र वडाको १ करोड ६ लाख रुपैयाँ लागतमा १२ कोठाको भवन निर्माण गरिएको वडाध्यक्ष सुशील घिमिरेले बताए ।

 स्थानीय उपभोक्ता समितिद्वारा गत माघदेखि सुरु भएको भवन निर्माण चैतमा सम्पन्न गरिएको थियो । हेटौंडा उपमहानगरकाका १९ वटा वडामध्ये वडा २ र १६ को कार्यालय भाडाको घरमा संचालन भइरहेका छन् । वडा ६ को कार्यालय पनि आधा भाडाकै घरमा संचालनमा रहेको छ । त्यसबाहेकका सबै वडा कार्यालय आफ्नै भवनमा छन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*