फास्ट ट्र्याकमा दुर्घटना, एकजनाको मृत्यू

सबथोक
२०८२ माघ ३०, बिहीबार १६:०८

हेटौंडा । निर्माणधिन काठमाडौ- तराई-मधेश द्रुत मार्ग (फास्ट ट्रयाक) मा टुचन मेसिन दुर्घटना भएको छ । दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुर भिमफेदी ८ महादेवटार छोक्रेडाडा स्थित निर्माणधिन फास्ट ट्रयाकको १ नम्बर पुलको खाडलमा काम गरेर टुचनमा निस्कदै गर्दा टुचन ब्रेक फेल भइ दुर्घटना हुँदा सिन्धुपाल्चोक पाचपोखरी थाङपाल ५ का २९ वर्षीय अर्जुन थिङको घटनास्थलमै मृत्यु भएको हो ।

उक्त दुर्घटनामा सिन्धुपाल्चोक पाचपोखरी थाङपाल ६ का ३७ वर्षीय जुल्फे तामाङ घाइते भएका छन् । तामाङलाई उपचारको लागि काठमाडौं तर्फ पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*