हेटौँडामा पहिलो पटक इ–स्पोर्ट्स हुँदै

संवाददाता
२०८२ जेष्ठ ८, बुधबार १९:५७

हेटौँडा । हेटौँडामा पहिलो पटक इ स्पोर्ट्स हुने भएको छ । हेटौँडाबाट प्रसारण हुँदे आएको नेशनल गोल्ड टेलिभिजनको आयोजनामा बिहीबारदेखि प्रतियोगिता सुरु हुनेछ । आयोजकले बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर एक हजार सहभागी निश्चित भइसकेको जानकारी गराएको छ ।

इ–स्पोर्ट्स अन्तर्गत फ्रि फायर प्रतियोगिता हुने कार्यक्रम संयोजक उत्सर्ग चौलागाईले जानकारी दिनुभयो । प्रारम्भिक चरणका खेलहरु अनलाइनमार्फत नै हुने र क्वार्टरफाइनल चरणदेखिका खेल भौतिकरुपमा उपस्थिति भएर हेटौँडा–१ स्थित हिमालयन दरबार पार्टी प्यालेसमा हुनेछ । जेठ १७ गते फाइनल हुने प्रतियोगितामा कुल पुरस्कार रकम १ लाख रुपैयाँ हुने बताइएको छ ।

नेशनल गोल्ड टेलिभिजनका अध्यक्ष उज्जवल चौलागाईले अहिलेको सूचना प्रविधिमा आधारित युवापुस्ता माझ लोकप्रिय खेल पहिलो पटक आयोजना गर्न लागिएको बताउनुभयो । प्रतियोगितामा १६ वर्ष उमेर पूरा भएका व्यक्तिले मात्रै सहभागिता जनाउन पाउनेछन् । प्रतियोगितामा सहभागिताका लागि ३ दिनमै एक हजार सहभागीको आवेदन प्राप्त भएपछि आवेदन लिन बन्द गरिएको संयोजक उत्सर्ग चौलागाईले बताउनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*