स्वास्थ्य

एकसय शैया क्षमताको सिन्धुली अस्पतालको उद्घाटन, स्वास्थ्य सेवालाई थप प्रभाकारी बनाउने प्रदेश सरकारको प्रतिबद्धता

सिन्धुली । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले बागमती प्रदेश सरकारले नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ। सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीमा नवनिर्मित एक सय शैया क्षमताको सिन्धुली अस्पतालको उद्घाटन गर्दै मुख्यमन्त्री बानियाले स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारको प्रमुख एजेन्डाका रूपमा अघि बढाइएको स्पष्ट पार्नु भयो। उहाँले नागरिकले...

‘डिजिटल पार्क’ को स्थान अझै तोकिएको छैन: स्वास्थ्य मन्त्रालय

हेटौंडा । केही संचारमाध्यमले बुधबार ‘बागमती प्रदेशमा नीतिगत भ्रष्टाचार, स्वास्थ्यमन्त्री थापाको लगानीको निजी कम्पनीलाई २५ लाख सरकारी अनुदान’ शिर्षकमा प्रकाशित समाचारप्रति बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले बिहिवार एक बिज्ञप्ती जारी गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले २०८२ साउन १२ मा आर्थिक वर्ष २०८२-०८३ का...

गणतन्त्र गरिबको लागि काम गर्ने व्यवस्था हो : इन्द्र बानियाँ

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले जनताको स्वास्थ्यलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने कुरामा प्रदेश सरकार चिन्तित रहेको बताउनुभएको छ । वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयको आयोजनामा हेटौँडामा भएको एक जिल्ला एक स्वास्थ्य सहर, एक स्थानीय तह एक नमुना स्वास्थ्य संस्था कार्यक्रमहरूको प्रदेश स्वास्थ्य सहजकर्ता लगायतको पैरवी, समन्वय र अन्तरक्रिया...

स्वास्थ्य क्षेत्र व्यवस्थित बनाउन तीन तहको समन्वय हुनुपर्छ : स्वास्थ्यमन्त्री थापा 

हेटौँडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले सीमित साधन स्रोतका कारण अस्पतालहरू सञ्चालनमा समस्या भइरहेको बताउनुभएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको आयोजनामा हेटौँडामा भएको एक जिल्ला एक स्वास्थ्य सहर, एक स्थानीय तह एक नमुना स्वास्थ्य संस्था कार्यक्रमहरूको प्रदेश स्वास्थ्य सहजकर्ता लगायतकाे पैरवी, समन्वय र अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै...

प्रतिजैबिक प्रतिरोध सचेतना सप्ताहको अन्तिम दिन बागमती प्रदेशमा ‘Walk the Talk’ कार्यक्रम सम्पन्न

हेटौंडा । हरेक वर्ष नोभेम्बर १८ देखि २४ तारिखसम्म विश्वभर मनाइने ‘प्रतिजैबिक प्रतिरोध (AMR) सचेतना सप्ताह’ अन्तर्गत बागमती प्रदेश सरकारले आज विशेष कार्यक्रम गरेको छ। स्वास्थ्य मन्त्रालयको आयोजना तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रतिष्ठानअन्तर्गतको AMR Club को समन्वयमा गरिएको ‘Walk the Talk for AMR Awareness’ शीर्षकको पदयात्राले...