स्वास्थ्य
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्य संस्थाको अनुगमन सुरु
हेटौंडा । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्थाहरुको अनुगमन सुरु गरेको छ । स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमीत्रा गौतमको नेतृत्व टोलीले आइतबार काठमाडौमा रहेको नर्भिक इन्टरनेशनल अस्पतालको अनुगमन गरेको छ। अस्पतालले २०० शय्याको नवीकरणका लागि आवेदन दिएको मन्त्रालयले जनाएको छ ।स्वास्थ्य मन्त्रालयद्वारा निर्मित विद्युतीय प्रणालीमार्फत अनुमति नवीकरणका लागि आवेदन...
मकवानपुरका ३३ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु
हेटौंडा । मकवानपुरमा शनिबार र आइतबार भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत मकवानपुरमा पनि ६ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकाहरुलाई भिटामिन ‘ए’ तथा एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधी खुवाउन सुरु गरिएको हो । जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार दुईदिने अभियानमा...
शिक्षाको गुणस्तर बढाउँदै विद्यालय नर्स कार्यक्रम
हेटौंडा । प्रदेश सरकारको ‘एक विद्यालय एक नर्स’ कार्यक्रमले बागमती प्रदेशमा शिक्षाको गुणस्तरमा सहयोग पुर्याउन प्रभावकारी बन्दै गएको छ । यो कार्यक्रमका कारण हाल बागमतीका आठ सयभन्दा बढी माध्यमिक विद्यालयमा नर्सिङ सेवाको पहुँच पुगेको छ । विद्यालय तहबाटै बालबालिकालाई सन्तुलित र पोषिलो खानेकुराका साथै स्वास्थ्य सजगता अपनाउन उत्प्रेरित गर्दै स्वास्थ्य, सरसफाइ...
स्वास्थ्य मन्त्री थापाद्वारा नयाँ वर्षमा उदाहरणीय स्वास्थ्य प्रदेश बनाउने अठोट
हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले नयाँ वर्ष २०८२ सालको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै शुभकामना व्यक्त गरेका छन्। नयाँ वर्षको अवसरमा प्रकाशित शुभकामना सन्देशमा मन्त्री थापाले विगत वर्षको अनुभव र सिकाइलाई आत्मसात गर्दै आगामी...
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको बोर्ड तोडफोड गर्नेलाई कारबाहीको माग
हेटौंडा । भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार बिहान हेटौंडा अस्पताल परिसरको बोर्ड तोडफोडप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्ता अवाञ्छित र आपत्तिजनक गतिविधिको घोर भर्त्सना गरेको छ। प्रतिष्ठानका निमित्त उपकुलपति डा. दिनेश कुमार लम्साल र रजिष्ट्रार भीमसागर गुरागाईंले हस्ताक्षर गरेको विज्ञप्तिमा अस्पतालको साइनबोर्डमा गरिएको तोडफोड, केरमेट तथा अनधिकृत रूपमा अर्को...
मकवानपुरमा बस दुर्घटनापछि उपचार सकेर घर फर्किएका कर्मचारी मृत भेटिए
हेटौंडा । पाँच दिनको अवलोकन भ्रमण सकेएर घर फर्कदैँ गर्दा बस दुर्घटनामा परेर घाइते भएका भीमफेदी गाउँपालिकाका एक कर्मचारी घरमा मृत भेटिएका छन्।यही चैत २२ गते शुक्रबार धरान, धनकुटा, कन्याम लगायतका स्थानहरूको अवलोकनका लागि निस्किएको गाउँपालिकाको टोली भ्रमण गरेर बुधबार (हिजो) राति मकवानपुरको भीमफेदी फर्कने क्रममा धरान-चतरा सडकखण्डमा दुर्घटनामा परेको थियो।मकवानपुरको...
स्वास्थ्य सेवामा तीन तहको सहकार्य आवश्यक छ: स्वास्थ्य मन्त्री थापा
हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा निर्माण भएको शंखु अस्पतालको भवन उद्घाटन गर्नुभएको छ । उद्घाटन समारोहमा बोल्दै मन्त्री थापाले अस्पताल निर्माणका लागि जग्गा प्रदान गर्ने दातालाई धन्यवाद ज्ञापन गर्दै स्थानीय जनप्रतिनिधिहरूको मेहनतको प्रशंसा गर्नुभएको छ।उहाँले प्रदेशका अधिकांश पालिकाहरूमा आधारभूत अस्पताल स्थापना भइसकेको जानकारी...
स्थानीय स्वास्थ्य संस्था स्तरोन्नति हुन्छ:- स्वास्थ्य मन्त्री थापा
हेटौंडा। बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेशका सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। स्वास्थ्य मन्त्रालयद्वारा हेटौंडामा आयोजित पत्रकार सम्मेलन एवम् स्वास्थ्य निर्देशनालयको आर्थिक वर्ष २०८१/०८२ को अर्धवार्षिक समीक्षा तथा आगामी आर्थिक वर्ष २०८२/०८३ को योजना तर्जुमा गोष्ठीको समापन सत्रमा सम्बोधन गर्दै उनले प्रदेशका...
बागमती प्रदेशमा स्वास्थ्य प्रणाली सुधार हुँदैछ – मन्त्री थापा
हेटौंडा ।बागमती प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा ३ दिने आर्थिक वर्ष २०८१/०८२ को अर्धवार्षिक समीक्षा तथा आगामी आर्थिक वर्ष २०८२/०८३ को योजना तर्जुमा गोष्ठी सुरु भएको छ। प्रदेशभरका स्वास्थ्य संस्थाहरूको मूल्यांकन गर्दै आगामी वर्षका लागि प्रभावकारी रणनीति निर्माण गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको हो ।बिहिवार देखि सुरुभएको गोष्ठीमा बोल्दै बागमती...
विद्यार्थीको नजिकको साथीसँगै अभिभावक बन्दै विद्यालय नर्स
भरतपुर, २३ फागुन । धेरै बालबालिका र किशोरकिशोरीले आफ्नो मनका कुरा अभिभावकसँग पनि राख्न हिच्किचाउँछन् । नजिकको साथै नै उनीहरुको मनको कुरा सुन्ने र बुझ्नेमा पर्छन् । अभिभावकसँग कुरा खोलिहाले पनि कसैले बाबा, कसैले आमा त कसैले दिदी वा दाई मध्ये एक जनासँग मात्रै आफ्ना मनका कुरा खोल्ने गर्छन्...










