चट्याङ लाग्दा मकवानपुरमा एक जनाको मृत्यु

सबथोक
२०८२ चैत्र १८, बुधबार १२:०६

हेटौंडा । हावाहुरीसहित परेको चट्याङ लाग्दा मकवानपुरमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

मकवानपुरको बागमती गाउँपालिका–१ भैँसेस्थित बागमती खोलाको बगरमा मंगलबार साँझ करिब ६:३० बजेको समयमा घटना भएको हो। घटनामा अन्दाजी ३२ वर्षका अजय पहरी र अन्दाजी वर्षका ३७ उज्वल थोकर माछा मारेर घर फर्किने क्रममा हिँडिरहेका बेला चट्याङ लाग्दा दुवै जना घाइते भएका थिए।

घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली तत्काल खटिएको थियो। घाइते उज्वल थोकरलाई उपचारका लागि हेटौंडा लगिएको छ, उनको अवस्था मध्यम रहेको जनाइएको छ।

त्यस्तै, गम्भीर घाइते अजय पहरीलाई प्रारम्भिक उपचारका लागि झुरझुरेस्थित सान्भि पोलिक्लिनिक लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि हेटौंडा पठाइए पनि राति ११:२५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*