हेटौंडामा ट्रिपरले मोटरसाइकललाई  ठक्कर दिदा १ जनाको मृत्यु

सबथोक
२०८२ फाल्गुन ५, मंगलवार १८:३६

हेटौंडा । मकवानपुरको हेटौडा उपमहानगरपालिका–१९ सान्नानटारमा ट्रिपरले मोटरसाइकललाई  ठक्कर दिदा १ जनाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो पूर्व–पश्चिम राजमार्गको हेटौंडा मनहरी सडक खण्ड अन्तर सान्नानटारमा मनहरीबाट हेटौडा आउँदै गरेको लु.३४ प ४६७५ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बा.प्र.०३–००१ ख ११७९ नम्बरको ट्रिपरले ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक रुपन्देही जिल्लाका २८ वर्षीय जगदीश थारु घाइते भएकोमा उपचारको क्रममा हेटौंडा अस्पतालका चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । दुर्घटनामा घाइते मोटरसाइकलको पछाडि सवार दाङ जिल्लाको राप्ती–६ का २२ वर्षीय आदित्य चौधरीको  हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

ट्रिपर चालक हेटौंडा–१५ भोर्लेका २६ वर्षीय रोहित तामाङलाई नियन्त्रण लिइएको तथा  घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*