भिरमा खसेकी किशोरीको प्रहरीद्वारा उद्धार
हेटौँडा । मकवानपुरको भीमफेदी–५ ढुसिनीपुलबाट तल खसेकी किशोरीको प्रहरीले उद्धार गरेको छ । सोमबार राति ८ बजे भीमफेदी, छबेलीकी १४ वर्षीया रंजना स्याङ्तान बजार जान्छु भनेर निस्केको र अचानक खहरे खोलाको भीरबाट ५० मिटर तल खसेर अड्किएको खबरपछि प्रहरीले उद्धार गरेको हो ।
बीच खोल्सामा अड्किएर बसेको पाइएपछि प्रहरीले उनको उद्धार गरेर हेटौँडामा उपचारका लागि ल्याइएको छ । उनको उपचार जारी छ ।










