मकवानपुरमा मदन–आश्रित स्मृति दिवस मनाईयो
हेटाैडा। मदन भण्डारी फाउण्डेसन मकवानपुरले शनिबार ३२औं मदन–आश्रित स्मृति दिवस मनाएको छ । एमालेका तत्कालीन महासचिव मदन कुमार भण्डारी भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३२औँ स्मृति दिवसका अवसरमा फाउन्डेसनले हेटौंडा–९, स्थित दिव्य बाल उद्यानमा स्मृति तथा श्रद्धाञ्जलीसभा कार्यक्रमको आयोजना गरेर स्मृति दिवस मनाइएको हो ।

फाउन्डेसनका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षता एवम् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा सहभागीहरुले बालउद्यान स्थित मदन–आश्रितको शालिकमा माल्यार्पण गर्नुका साथै जननेता मदन भण्डारी र कुशल सङ्गठक जिबराज आश्रितको बारेमा चर्चासमेत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी पौडेलले मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) राष्ट्र निर्माणको आधार भएको बताउनुभयो । मदन–आश्रितको विषयमा चर्चा गर्नुहुँदै उहाँले भन्नुभयो “जबज कुनै साधारण सिद्धान्त होइन, यो राष्ट्र निर्माणको आधार हो ।” उहाँले जबजलाई व्यवहारमा उतार्न र यसका अनुयायीहरूले आफ्नो जीवनशैलीमा देखिएका गलत प्रवृत्तिहरूको आत्मसमीक्षा गर्दै सुधार गर्नु आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले मदन–आश्रितको योगदानबाट सबैले प्रेरणा लिनुपर्ने बताउनुभएको थियो । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य पुर्वमन्त्री एका लाल श्रेष्ठ, नेकपा एमाले मकवानपुरका उपाध्यक्ष हिदम लामा , सचिव सिता विष्ट, हेटाैडा ४ का वडाध्यक्ष नविन सिग्देल, हेटाैडा ११ का वडाध्यक्ष जुना दाहाल लगायत एमालेका नेता तथा कार्यकर्ता, फाउन्डेसनका सदस्यहरू, टोल विकास संस्थाका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको फाउन्डेसनका सचिव कुमार केसीले जानकारी दिनुभयो

मदन भण्डारी फाउण्डेसन मकवानपुरले तीन दिवशीय कार्यक्रम गरेर ३२औं मदन–आश्रित स्मृति दिवश मनाएको हो । दिवशका अवसरमा पहिलो दिन जेठ १ गते हेटौंडा–१५, स्थित दिव्यसेवा निकेतन आश्रयस्थलमा खाद्यान्न वितरण, जेठ २ गते “जनताको बुहदलिय जनवादः राष्ट्र निर्माणको आधार” विषयक बहस कार्यक्रम र मुख्य दिन आज स्मृति तथा श्रद्धाञ्जली सभा कार्यक्रम आयोजना गरेको थिायो । ।

नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा परी मृत्यु भएको थियो । मदन आश्रितको स्मृतिमा जेठ ३ गते विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउने गरिन्छ । यसैबीच मदन–आश्रित स्मृति दिवशका अवसरमा नेकपा एमाले मकवानपुरले पार्टी कार्यालयमै श्रद्धाञ्जली सभा कार्यक्रम आयोजना गरेको थियो । भने, हेटौंडा–११ स्थित सहिद स्मारकमा पनि श्रद्धाञ्जली सभा कार्यक्रम आयोजना गरिएको थियो ।










