राष्ट्रिय

मकवानपुर–१ मा गठबन्धनलाई पराजित गर्ने दीपकबहादुर सिंहको यसपटक धरौटी नै जफत

हेटौंडा ।  २०७९ को प्रतिनिधि सभा निर्वाचनमा सत्ता गठबन्धनलाई हराउँदै मकवानपुर–१ बाट निर्वाचित भएका दीपकबहादुर सिंहको धरौटी जफत भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का सिंहले २०७९ को प्रतिनिधि सभा निर्वाचनमा तात्तकालीन नेकपा (माओवादी), एकीकृत समाजवादीलगायतका दलको गठबन्धनमा साझा उम्मेदवार बनेकी कांग्रेसकी महालक्ष्मी उपाध्यय डीनालाई पराजित गरेका थिए। विजयी...

विद्युतकाे पोलमा बस ठोक्किँदा २२ जना घाइते

मकवानपुरको मनहरी गाउँपालिका– ७, बिजौनास्थित पूर्व–पश्चिम राजमार्गखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । आइतबार बिहान करिब सवा सात बजे वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ख ००५४ नम्बरको बस अनियन्त्रित भई सडक किनारमा रहेको विद्युतकाे पोलमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।...

स्वास्थ्य मन्त्रालयद्वारा धादिङमा गम्भीर अवस्थाका नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार

हेटौंडा । धादिङ जिल्लाको खनियाबास गाउँपालिकास्थित खनियाबास ग्रामीण अस्पतालमा जन्मिएका एक नवजात शिशुको गम्भीर स्वास्थ्य अवस्थाका कारण बुधबार हेलिकप्टरमार्फत आपत्कालीन उद्धार गरिएको छ। जन्मिएलगत्तै श्वासप्रश्वासमा समस्या देखिएपछि बागमती प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयले जनस्वास्थ्य कार्यालय धादिङको समन्वयमा १९ बर्षकि आमा चुनमाया सहित शिशुलाई थप उपचारका लागि काठमाडौँ पठाइएको हो।...

सुपर एटमा पुगेका पाँच टिम, कसको पल्ला भारी ?

काठमाडौं । भारत र श्रीलंकामा जारी टी–२० विश्वकप २०२६ को आधा खेलहरु सम्पन्न भइसकेका छन्। गएराति अष्ट्रेलियालाई हराउँदै आयोजक श्रीलंका सुपर एटमा प्रवेश गर्यो। भारतले पनि यसअघि नै सुपर एटमा स्थान बनाइसकेको छ। यी दुई आयोजकसहित इंग्ल्यान्ड, वेस्ट इन्डिज र दक्षिण अफ्रिकाले पनि सुपर एटको टिकट काटेका छन्। यसैबीच,...

आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ ।मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ । सोही व्यवस्थाअनुसार, आजदेखि यही फागुन १८ गते राति १२...

मकवानपुरमा भएको सवारी दुर्घटनामा एकको मृत्यु, पाँच जना घाइते

हेटौँडा । मकवानपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु र पाँच जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका १९ बस्तीपुरस्थित सडक खण्डमा बाटो क्रस गर्दै गर्दा मोटरसाइकलले ठक्कर दिएर घाइते भएका पैदल यात्री मकवानपुरको मनहरी गाउँपालिका ३ का रघुनाथ पौडेलको उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो...

हेटौंडा बजारको सडक सीमाभित्र बनेका संरचना १५ दिनभित्र हटाउन अल्टिमेटम

५ मंसिर, हेटौंडा । सरकारले मकवानपुरको हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका घरटहरा, संरचना हटाउन १५ दिने अल्टिमेटम दिएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले आज शुक्रबार सार्वजनिक सूचना जारी गर्दै १५ दिनभित्र रातोमाटेदेखि बुद्धचोक...

बागमती ‘पूर्ण खोप प्रदेश’ घोषणा

भक्तपुर । बागमती प्रदेश पूर्ण खोप घोषणा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रममा पूर्ण खोप प्रदेश घोषणा गरिएको हो । सङ्घ सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय पूर्ण खोप समन्वय समितिबाट प्राप्त प्रमाणपत्रका आधारमा गत साउन २७ गते १६ देखि २३ महिनासम्मका...

महिनावारी भएको बेला छाउगोठमा बस्दा सर्पले डसेर महिलाको निधन भएको प्रति अनेमसंघको ध्यानाकर्षण

हेटौंडा । महिनावारी भएको बेला छाउगोठमा बस्दा सर्पले डसेर महिलाको निधन भएको प्रति अनेमसंघले ध्यानाकर्षण भएको जनाएको छ ।कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका वार्ड नं.१ की २८ वर्षिया महिला कमला आउजीको छाउगोठमा सर्पले टोकेर निधन भएपछि संघले यस्तो ध्यानाकर्षण जनाएको हो । आउजीको २७ असारमा निधन भएको थियो ।“छाउगोठमा सर्पको...

बागमती प्रदेशमा ई–ब्लु बुक सेवा, नयाँ लाइसेन्स आवेदन र नवीकरणसमेत अनलाइनबाटै

हेटौंडा । बागमती प्रदेश सरकारले ‘ई–ब्लु बुक’ सेवा र अनलाइन सवारी चालक अनुमतिपत्र प्रणाली ९ईडीएल० सुरु गरेको छ । यससँगै अब बागमती प्रदेशअन्तर्गतका सवारीधनीले सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० र ब्लु–बुक दुवै बोकेर हिँड्नु नपर्ने भएको छ । तिनलाई नागरिक एपबाटै देखाउन मिल्नेछ । ईडीएलबाट नयाँ लाइसेन्सको आवेदन दिनेदेखि नवीकरणलगायत सेवा अनलाइनबाटै लिन सकिने...