हेटौंडामा कार र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

सबथाेक
२०८३ कार्तिक १०, सोमबार १२:४०

हेटौंडा उपमहानगरपालिका–९ पशुपतिनगरमा कार र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ । चालक घाइते भएका छन् ।

हेटौंडा-१३ वनस्पतिका २४ वर्षीय सुकराम लोप्चनको मृत्यु भएको हो । घाइते चालक प्रकाश थापाको हेटौंडा अस्पतालमा उपचार गरिएको थियो ।

हेटौंडा बजारबाट रातोमाटेतर्फ जाँदै गरेको बा.७५ प ६२७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०१–०२८ च १५३२ नम्बरको कारमा ठोक्किएको  प्रहरीले जनाएको छ ।

कार चालक मोरङको विराटनगर महानगरपालिका–४ का ३५ वर्षीय शिवप्रसाद खतिवडासहित कार र मोटरसाइकल चालकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*