हेटौंडामा कार र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु
हेटौंडा उपमहानगरपालिका–९ पशुपतिनगरमा कार र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ । चालक घाइते भएका छन् ।
हेटौंडा-१३ वनस्पतिका २४ वर्षीय सुकराम लोप्चनको मृत्यु भएको हो । घाइते चालक प्रकाश थापाको हेटौंडा अस्पतालमा उपचार गरिएको थियो ।
हेटौंडा बजारबाट रातोमाटेतर्फ जाँदै गरेको बा.७५ प ६२७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०१–०२८ च १५३२ नम्बरको कारमा ठोक्किएको प्रहरीले जनाएको छ ।
कार चालक मोरङको विराटनगर महानगरपालिका–४ का ३५ वर्षीय शिवप्रसाद खतिवडासहित कार र मोटरसाइकल चालकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











