राष्ट्रिय

मकवानपुरमा भएको सवारी दुर्घटनामा एकको मृत्यु, पाँच जना घाइते

हेटौँडा । मकवानपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु र पाँच जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका १९ बस्तीपुरस्थित सडक खण्डमा बाटो क्रस गर्दै गर्दा मोटरसाइकलले ठक्कर दिएर घाइते भएका पैदल यात्री मकवानपुरको मनहरी गाउँपालिका ३ का रघुनाथ पौडेलको उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो...

हेटौंडा बजारको सडक सीमाभित्र बनेका संरचना १५ दिनभित्र हटाउन अल्टिमेटम

५ मंसिर, हेटौंडा । सरकारले मकवानपुरको हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका घरटहरा, संरचना हटाउन १५ दिने अल्टिमेटम दिएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले आज शुक्रबार सार्वजनिक सूचना जारी गर्दै १५ दिनभित्र रातोमाटेदेखि बुद्धचोक...

बागमती ‘पूर्ण खोप प्रदेश’ घोषणा

भक्तपुर । बागमती प्रदेश पूर्ण खोप घोषणा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रममा पूर्ण खोप प्रदेश घोषणा गरिएको हो । सङ्घ सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय पूर्ण खोप समन्वय समितिबाट प्राप्त प्रमाणपत्रका आधारमा गत साउन २७ गते १६ देखि २३ महिनासम्मका...

महिनावारी भएको बेला छाउगोठमा बस्दा सर्पले डसेर महिलाको निधन भएको प्रति अनेमसंघको ध्यानाकर्षण

हेटौंडा । महिनावारी भएको बेला छाउगोठमा बस्दा सर्पले डसेर महिलाको निधन भएको प्रति अनेमसंघले ध्यानाकर्षण भएको जनाएको छ ।कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका वार्ड नं.१ की २८ वर्षिया महिला कमला आउजीको छाउगोठमा सर्पले टोकेर निधन भएपछि संघले यस्तो ध्यानाकर्षण जनाएको हो । आउजीको २७ असारमा निधन भएको थियो ।“छाउगोठमा सर्पको...

बागमती प्रदेशमा ई–ब्लु बुक सेवा, नयाँ लाइसेन्स आवेदन र नवीकरणसमेत अनलाइनबाटै

हेटौंडा । बागमती प्रदेश सरकारले ‘ई–ब्लु बुक’ सेवा र अनलाइन सवारी चालक अनुमतिपत्र प्रणाली ९ईडीएल० सुरु गरेको छ । यससँगै अब बागमती प्रदेशअन्तर्गतका सवारीधनीले सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० र ब्लु–बुक दुवै बोकेर हिँड्नु नपर्ने भएको छ । तिनलाई नागरिक एपबाटै देखाउन मिल्नेछ । ईडीएलबाट नयाँ लाइसेन्सको आवेदन दिनेदेखि नवीकरणलगायत सेवा अनलाइनबाटै लिन सकिने...

छोरीलाई पटक–पटक करणी गरेको आरोपमा बुवा पक्राउ

हेटौंडा । मकवानपुरको थाहा नगरपालिका– १, कुञ्छालमा छोरीलाई पटक–पटक जबरजस्ती करणी गरेको अभियोगमा ६३ वर्षीय बुवा पक्राउ परेका छन् । आइतबार पीडित किशोरीले इलाका प्रहरी कार्यालय पालुङमा जाहेरी दिएपश्चात् घटना बाहिर आएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक सविनबाबु अर्यालले जानकारी दिनुभयो । बाबुले गत २०८१ साल भदौदेखि कात्तिकसम्म...

‘पहाड’ कात्तिक ७ मा प्रदर्शन हुने

काठमाडाै‌ । निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भइरहेको फिल्म ‘पहाड’ को प्रदर्शन तय गरिएको छ । यो फिल्म आउँदो कात्तिक ७ अर्थात् तिहारको भोलिपल्ट प्रदर्शन हुनेछ । युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको कथावस्तु रहेको फिल्मले समाजको तीतो...

यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित

काठमाडौं। नेपालले आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले हङकङलाई सहजै ९ विकेटले हराएको हो । तल्लो मुलपानी क्रिकेट मैदानमा हङकङले दिएको ११६ रनको सामान्य लक्ष्य नेपालले १२.३ ओभरमा १ विकेट मात्र गुमाएर पूरा गर्‍यो । ओपनर साहिल पटेल ४२ तथा...

देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौं । हाल देशमा स्थानीय वायुको प्रभाव रहेको तथा पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थान तथा अन्य प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना...

एमालेविनाको नेपालको सपना देख्नेहरुको देशद्रोही सपना पूरा हुँदैन:ओली

झापा । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठूला दलको सहभागितामा सरकार बनेसँगै देश स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढेको बताएका छन् । एमालेको झापा जिल्ला कमिटीले आज दमकमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै उनले विकासका नाममा स्टन्ट गर्नेहरुले ड्राइभिङ सिक्दै नसिकी गाडी चलाउन खोजे...