हेटौंडामा ट्रान्समिटरमा काम गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु
हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ सानोगङटे स्थित विद्युत ट्रान्समिटरमा काम गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
बिहिबार दिउँसो करिब २ बजे ट्रान्समिटरमा काम गरिरहेका बेला मकवानपुर मनहरी गाउँपालिका–५ बसन्तपुर निवासी वर्ष २७ का निरज भन्ने आदर्श भट्टराईलाई करेन्ट लागेको हो। गम्भीर घाइते भएका भट्टराईलाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको थियो। तर उपचारकै क्रममा दिउँसो २:४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











