बागमती प्रदेशका ६ जना प्रदेशसभा सदस्यले पदबाट राजीनामा दिए

सबथोक
२०८२ माघ ६, सोमबार १७:५८

हेटौँडा । बागमती प्रदेशका ६ जना प्रदेशसभा सदस्यले पदबाट राजीनामा दिएका छन् ।  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्नका लागि उनीहरूले पदबाट राजीनामा दिएका हुन् ।

सचिवालयका अनुसार राजीनामा दिनेमा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले, नेकपा एमालेका अमनकुमार मास्के र प्रकाश श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीका युवराज दुलाल र वसन्तप्रसाद मानन्धर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सुनिल केसी रहेका छन् । केसीबाहेक सबै सांसद प्रदेशकाे मन्त्री भइसकेका छन् ।

पूर्वआर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका दोलखाका काफ्लेले आज हेटौँडा-१० स्थित प्रदेशसभामै उपस्थित भएर उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा बुझाएका थिए । मास्के, श्रेष्ठ, दुलाल, मानन्धर र केसीले प्रदेशसभाको इमेलमा राजीनामा पठाएका हुन । उनीहरूको राजीनामा पत्रलाई प्रदेशसभा सचिवालयले प्रक्रिया अगाडि बढाइसकेको छ । (अनलाइन खबरबाट )

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*