हेटौंडामा महिला राष्ट्रिय गोल्डकप फुटबल हुने

संवाददाता
२०८२ बैशाख १६, मंगलवार २०:५८

हेटौंडा । मकवानपुरको हेटौंडामा पहिलो पटक मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

मकवानपुर जिल्ला फुटबल संघले नियमित गर्दै आएको स्थानीय तह सहिद स्मृति गोल्डकप अन्तर्गत सातौ चरणमा आईपुग्दा महिला गोल्डकपको आयोजना गर्न लागेको हो । मंगलवार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरि संघले बैशाख १९ गतेबाट प्रतियोगिताको आयोजना गर्न लागेको जनाएको छ ।

प्रतियोगिताको तयारी पूरा भएको जनाउदै एन्फा केन्द्रीय सदस्य एवम मकवानपुर फुटबल संघका अध्यक्ष टिकाराम लामाले महिला गोल्डकपले देशभर महिला फुटबललाई उत्साह थप्ने विश्वास व्यक्त गरे ।हेटौंडा–६ स्थिर गौरीटार रंगशालामा सञ्चालन हुने प्रतियोगितामा ३ विभागीय टोली र ५ वटा जिल्ला क्लबकल सहभागि रहने संघका मकवानपुर महासचिव छवि सुवेदीले बताए ।

प्रतियोगितामा एपीएफ, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी फुटबल क्लब, आयोजक मकवानपुर, चितवन, सर्लाही, रौतहट र बाराले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ्न भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर दिइनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।‌

विधागत उत्कृष्ट खेलाडीले समान २५ हजार रुपैयाँ पाउने छ्न । प्रतियोगिता संचालनको लागि ६१ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*