मकवानपुरमा एमालेको २ हजार २५ सदस्यीय निर्वाचन परिचालन कमिटी
हेटौँडा । नेकपा एमाले जिल्ला कमिटी मकवानपुरको बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि २ हजार २५ सदस्यीय निर्वाचन परिचालन समिति–२०८२ गठन गरेको छ । बैठकले मकवानपुर इन्चार्ज तथा प्रतिनिधिसभाका उम्मेदवार रामेश्वर रानाको संयोजकत्वमा उक्त सङ्ख्याको निर्वाचन परिचालन समिति गठन गरेको हो । समितिमा पार्टी केन्द्रीय कमिटी सदस्य,...
१०४ वर्षीया कालिमायाको हातबाट आर्शिवाद लिएर बर्तौलाको चुनावी अभियान सुरु
हेटौंडा । आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर–२ का उम्मेदवारी दिएका महेश बर्तौलाले १०४ वर्षीया कालिमाया मोक्तानको हातबाट आर्शिवाद लिएर चुनावी अभियान सुरु गरेका छन् । नेकपा एमालेको तर्फबाट मकवानपुुर–२ मा उम्मेदवारी दिएका बर्तौलाले सोमबार (आज) बिहान हेटौंडा उपमहानगरपालिका–३ बसामाी स्थित जम्बु चौतारीमा बस्दै आएकी कालिमायाको...
तेस्रो घरेलु उत्पादन प्रवर्धन प्रदशर्नी तथा नृत्य प्रतियोगिता हुने
हेटौंडा / हेटौंडा उपमहानगरपालिका–१० नम्बर वडा कार्यालयको आयोजनामा तेस्रो घरेलु उत्पादन प्रवर्धन प्रदशर्नी तथा नृत्य प्रतियोगिता हुने भएको छ । आउँदो १६ र १७ गते दुईदिन हुने मेलामा घरेलु उत्पादनको प्रदशर्नी, कृषि सामाग्री तथा सांगित प्रस्तुती सहित नृत्य प्रतियोगिता आयोजना हुने भएको हो । बिहीबार वडा कार्यालयमा पत्रकार सम्मेलनको...
हेटौंडामा ट्रान्समिटरमा काम गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु
हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ सानोगङटे स्थित विद्युत ट्रान्समिटरमा काम गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। बिहिबार दिउँसो करिब २ बजे ट्रान्समिटरमा काम गरिरहेका बेला मकवानपुर मनहरी गाउँपालिका–५ बसन्तपुर निवासी वर्ष २७ का निरज भन्ने आदर्श भट्टराईलाई करेन्ट लागेको हो। गम्भीर घाइते भएका भट्टराईलाई तत्काल उपचारका लागि...
बागमती प्रदेशका ६ जना प्रदेशसभा सदस्यले पदबाट राजीनामा दिए
हेटौँडा । बागमती प्रदेशका ६ जना प्रदेशसभा सदस्यले पदबाट राजीनामा दिएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्नका लागि उनीहरूले पदबाट राजीनामा दिएका हुन् । सचिवालयका अनुसार राजीनामा दिनेमा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले, नेकपा एमालेका अमनकुमार मास्के र प्रकाश श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीका युवराज दुलाल र...
मकवानपुरको बाघझोरामा पुल निर्माणका लागि १० करोड स्रोत सुनिश्चित
हेटौंडा । त्रिभुवन राजमार्ग अन्तर्गत भैँसे–हेटौंडा सडक खण्डमा पर्ने मकवानपुरको भीमफेदी गाउँपालिकामा पर्ने बाघझोरा खहरे खोलाका कारण वर्षेनी यात्रुहरूले भोग्दै आएको दीर्घकालीन समस्याको समाधानका लागि पुल निर्माण प्रक्रिया अघि बढ्ने भएको छ। मकवानपुर क्षेत्र नम्बर–२ का निवर्तमान सांसद तथा नेकपा (एमाले) का तत्कालिन मुख्य सचेतक महेश कुमार बतौलाको पहलमा यस...
महिला स्वास्थ्य स्वयंसेविकालाई सामाजिक सुरक्षा कोषमा जोड्दै भीमफेदी
हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकाले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने भएको छ । पालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई कोषमा आबद्ध गराउन अनुशिक्षण गरेको छ । गाउँपालिका अध्यक्ष हिदम लामाकाअनुसार ४८ जना स्वयंसेविकालाई कोषमा आबद्ध गराउन प्रक्रिया अगाडि बढाइएको हो । ‘पालिका भित्र आधारभूत स्वास्थ्य सेवा...
साढे ५३ किलो गाँजासहित सात जना पक्राउ
हेटौंडा । मकवानपुर प्रहरीले गाँजासहित सात जनालाई पक्राउ गरेको छ । ५३ किलो ५ सय ७० ग्राम गाँजासहित बुधबार उनीहरू पक्राउ परेका हुन् । राक्सिराङ गाउँपालिका—९ अठारे घर भई चितवन राप्ती नगरपालिका-१ का ४८ वर्षीय होमबहादुृर अधिकारी, राक्सिराङ गाउँपालिका-९ अठारेका १९ वर्षीय हीरालाल चेपाङ, सोही स्थानका १९ वर्षीयद्वय सुकराम...
शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र रोजगारीलाई प्राथमिकतामा राखे बसाइसराइ रोकिने : किरण थापा
हेटौँडा। बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले सन्तुलित विकास नहुँदा सरकारले निर्माण गरेका धेरै संरचनाहरू प्रयोगविहीन हुँदै गएका बताउनुभएको छ । हेटौँडामा आयोजित राष्ट्रिय जनसङ्ख्या नीति २०८२ सार्वजनिकीकरण तथा अभिमुखीकरण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै मन्त्री थापाले सन्तुलित विकासका लागि जनसङ्ख्या नीतिको आवश्यक रहेको बताउनुभयो । सो नीति नहुँदा गाउँ...
मकवानपुरमा भएको सवारी दुर्घटनामा एकको मृत्यु, पाँच जना घाइते
हेटौँडा । मकवानपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु र पाँच जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका १९ बस्तीपुरस्थित सडक खण्डमा बाटो क्रस गर्दै गर्दा मोटरसाइकलले ठक्कर दिएर घाइते भएका पैदल यात्री मकवानपुरको मनहरी गाउँपालिका ३ का रघुनाथ पौडेलको उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो...









